पु.समाचार

सर्वोचले डिएनए परीक्षणलाई विश्वासको आधार मान्न नसकिने जनाएपछि…!

काठमाडौं । सर्वोच्च अदालतले डिएनए परीक्षण प्रतिवेदनलाई शतप्रतिशत सत्य मान्न नसकिने फैसला सुनाएको छ । यो  अंशसम्बन्धी एक मुद्दामा न्यायाधीश दीपकुमार कार्की, केदारप्रसाद चालिसे र शारदाप्रसाद घिमिरेको पूर्ण इजलासले डिएनए परीक्षण प्रतिवेदन शतप्रतिशत सत्य मान्न नसकिने फैसला सुनाएको हो ।
आइतबारको नागरिकमा लेखिएको छ, अदालतले अन्य प्रमाणको आधारमा पनि अंश दिन सकिने नजिर स्थापना गरेको छ ।

डिएनए गलत हुदैन
‘डिएनए गलत मान्नु अदालतले विज्ञानमाथि गरेको अन्याय हो । कुनै ल्याबको गल्ती हुन सक्छ तर डिएनए गल्ती हुदैन । अदालतलाई शंका लागेमा अर्को ल्याबमा परीक्षण हुन सक्थ्यो । कि त नेपाल बाहिर नै पठाउनुपर्थ्र्यो । डिएनएलाई आधार मानिदैन भन्न मिल्दैन ।’ त्रिभुवन विश्वविद्यालयका मोलिकुलर बायोलोजीका सह प्राध्यापक गिरी त्रिपाठीले भने, ‘संसारमा सबैभन्दा विश्वासिलो र भरपर्दो डिएनए नै हो । प्लास्टिक सर्जरीले बाहिरी आकृति परिवर्तन गर्न सक्छ तर डिएनएले केही परिवर्तन गर्न सक्दैन ।’