पु.समाचार

प्रहरी महानिरीक्षक नियुक्तिको विषयमा छलफल गर्न केही बेरमै मन्त्रिपरिषद बैठक बस्दै

काठमाण्डौ । अहिले केहीबेरमै नेपाल प्रहरी र सशस्त्र प्रहरीको आइजीपी नियुक्त गर्ने विषयमा छलफल गर्न मन्त्रिपरिषद बैठक बस्दैछ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा अहिले ९ बजे मन्त्रिपरिषद बैठक बस्न थालेको हो ।

नेपाल प्रहरीका आइजीपी उपेन्द्रकान्त अर्याल र सशस्त्र प्रहरीका दुर्जकुमार राई सोमबारबाट अवकाश हुने भएपछि यसबेला सरकारलाई प्रहरीका ती दुई तहमा आइजीपी नियुक्त गर्ने चटारो देखिएको छ ।

नेपाल प्रहरीमा सो पदका लागि डिआइजीहरु नवराज सिलवाल, जयबहादुर चन्द लगायतको नाम अघि आएको छ । उनीहरुको विषयमा यसबेला शीर्ष राजनीतिक नेतृत्वबीच कसलाई नियुक्त गर्ने भन्ने विषयमा चर्को बहस चलिरहेको अवस्था छ ।