राजनीति

आईजिपी नियुक्ती प्रकरणमा अनावश्यक उचालेको भन्दै काँग्रेस सभापति देउवा मिडीयाप्रति आक्रमक

सुर्यखबर सम्बाददाता,
काठमडौँ । नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिका विषयमा केही संचार माध्यमले नेपाली काँग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवालाई जोडेर समाचार प्रकाशित गरेकोमा ध्यानाकर्षण भएको जनाएका छन् ।

प्रहरी महानिरीक्षक नियुक्ति गर्ने विषय नितान्त मन्त्रिपरिषदको अधिकार क्षेत्रको विषय भएको उल्लेख गर्दै उहाँले उक्त विषयमा पार्टी सभापतिको नाताले आफ्नो कुनै संलग्नता नरहने स्पष्ट पारेका छन्।

“कानुन अनुसार मन्त्रिपरिषदमा नियुक्तिको अधिकार रहेको प्रहरी महानिरीक्षक बनाउने विषयमा केही संचार माध्यमले नियोजित रुपमा उहाँको नाम जोडेर प्रकाशित गरेको समाचार झुटो, भ्रामक र कपोलकल्पीत भएको यसै प्रेस नोट मार्फत स्पष्ट पार्न चाहन्छु” सभापति देउवाका तर्फबाट सहयोगी केशवराज जोशीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा समाचार प्रकाशित गर्दा कम्तिमा सम्वन्धी पक्षसँग बुझेर सत्य, तथ्य समाचार प्रकाशित गर्न संचार माध्यामलाई अनुरोध गरिएको छ । सरकारले आजै नेपाल प्रहरीको महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।