समाचार

उपेन्द्रकान्तले गरे आफु हिँडेलगत्तै डा.पोख्रेललाई कार्यबाहक आइजिपीमा नियुक्त !

सुर्यखबर सम्बाददाता–
काठमाण्डौ । सोमबार सरकारले नेपाल प्रहरीका नयाँ कार्याबाहक प्रहरी महानिरीक्षकमा डा.दिनेशचन्द्र पोख्रेल नियुक्ति  हुन लागेका छन् । आइतबार नियुक्त गरेका नेपाल प्रहरीका महानिरीक्षक जयबहादुर चन्दको निर्णयलाई सर्वोच्च अदालतले कार्यन्वयन नगर्न आदेश जारी गरेपछि सोमबार पोख्रेललाई कार्याबाहक महानिरीक्षकमा नियुक्ति गर्न लागिएको बताईएको छ ।

फागुन २ गते निर्वतनमान आइजीपी उपेन्द्रकान्त अर्याल, एआइजी प्रतापसिंह थापा, केदार साउद, वीरेन्द्रबाबु श्रेष्ठ लगायत ११ जना एआइजीहरुको समेत पदावधि सकिएपछि प्रहरी प्रशासनको काम सुचारु गर्नका लागि वीरेन्द्र प्रहरी अस्पतालका प्रमुख समेत रहेको डा. पोख्रेललाई कार्याबाहक आइजीपीमा नियुक्त गर्न लागिएको हो ।  नियुक्ति गर्न लागिएको कार्याबाहक आइजीपी दक्ष चिकित्सक समेत हुन् ।

उनले बानेश्वर भरोसा अस्पताल समेत सञ्चालन गरेका छन् । गुल्मीका डा. पोख्रेल हाल नयाँ बानेश्वरमा बसोबास गर्छन् ।  डा. पोख्रेलसँग उपेन्द्रकान्त अर्यालको विगतदेखिनै राम्रो सम्बन्ध भएका कारण उनले गुण  तिर्न लागेको  प्रहरी उच्च श्रोतको दाबी छ ।

आईजिपीमा नियुक्त नगरिसकेपनि डा. दिनेशचन्द्र पोख्रेल नै कार्यबाहक आईजिपी बन्ने भएको बुझिएको छ । गडृहमन्त्री बिमलेन्द्र निधी भने कार्यबाहक आईजिपी नवराज सिलवाललाई बनाउन प्रयासरत रहेको बताईएको छ । निबर्तमान आईजिपी उपेन्द्रकान्त अर्याल र गृहमन्त्री कसले निबर्तमान आईजिपी बनाउने होडले बाजी मार्ला त्यो भने केहिबेरमा थाहा भईहाल्छ ।