अन्तर्राष्ट्रिय

पाकिस्तानमा भैरहेको विरोध प्रदर्शनमा बम विस्फोट, सात जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको यहाँको पूर्वी सहर लाहोरमा प्रदर्शन भइरहेको स्थानमा विशाल विस्फोट भएको पाकिस्तानी प्रहरीले जनाएको छ । घटनामा कम्तीमा सात मानिसको मृत्यु भएको छ भने ४० जनाभन्दा बढी घाइते भएको प्रहरी अधिकृत जाहिर अब्बासले पुष्टि गरेका छन् ।

उनका अनुसार एक जना मोटरसाइकलमा सवार आत्मघाती आक्रमणकारीले सयौँ फर्मासिस्टहरुको विरोध प्रदर्शन भएको ठाउँमा लगेर विस्फोट गराएको जनाए । घटनाको पाकिस्तानी तालिवानी समूहले जिम्मेवारी लिएको छ ।

घटनामा परी दुई वरिष्ठ प्रहरी अधिकारी र एक पूर्व आतङ्कवादविरोधी अभियान प्रमुखसमेत मृत्यु भएको छ । पाकिस्तानी टेलिभिजनले चर्को आवाज पछि धुवाँको मुस्लो र गोली चलाएको आवाजसहितका दृश्य घटनास्थलबाट देखाएका छन् ।