ब्रेकिङ न्युज

अन्य राजनीतिक दल संवाद समितिमा सदस्यहरु मनोनयन

१० साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका केन्द्रीय सदस्य अर्जुननरसिंह के.सी.को संयोजकत्वमा गठित ‘अन्य राजनीतिक दल संवाद समिति’ को सदस्यमा दुई सदस्य मनोनित भएका छन् ।

आज केन्द्रीय सदस्यद्वय— उज्ज्लप्रसाद बराल र प्रदिपराज शर्मालाई मनोनयन गरेको का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।