राजनीति

कमल थापाले हैकमबाद चलाएको भन्दै राप्रपाभित्र बिद्रोहको तयारी, डा.लोहनीले नेतृत्व लिन सक्ने

kamal-thapa-prakash-chandra

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । साधारण असन्तुष्टीका कारण राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपाल मिलेको केहि दिनमा नै पदको असन्तुष्टीका कारण  फुट्ने तयारीमा लागेका छन् ।  राप्रपाका तर्फबट पशुपति शम्सेर राणा, लोकेन्दै बहादुर चन्द, डा. प्रकाशचन्द्र लोहनी र राप्रपा नेपालका तर्फबट अध्यक्ष कमल थापा बसेर राप्रपा नामको एउटै पार्टी बनाउने गरी मंसीर ६ गते सहमति भएर पशुपति शम्सेर जबरा राष्ट्रिय अध्यक्ष र कमल थापा अध्यक्ष हुने सहमति भएपछि शुक्रबारबाट राप्रपा महाधिवेशन तातेको भएपनि पुनः राप्रपा बिभाजनको संघारमा पुगेको छ ।

पार्टीले हलो चिन्हलाई मानयता नदिएको, पार्टीभित्रका प्रतिनिधिहरु निर्बाचनबाट आउनुपर्ने आफ्नो प्रस्ताब पास नभएको भन्दै राप्रपाका बरिष्ठ नेता तथा अर्थबिद डा. प्रकाशचन्द्र लोहनीले अध्यक्षमा उमेर्द्वारी दिने समाचार आएपछि पार्टी फुट्न लागेको संकेत देखिएको छ ।

बुधबारमात्र राप्रपाका अध्यक्षमा कमल थापालाई सर्बसम्मती राख्ने सहमति गरेपनि शुक्रबार डा. लोहनीले प्रेश बिज्ञप्ती जारी गर्दै असहमति ब्यक्त गरेका छन् ।

बिज्ञप्तीमा सहमतिको औचित्य समाप्त भन्नु पार्टी फुट्नुको संकेत भएको राप्रपाका एक केन्द्रीय नेताले सुर्यखबरलाई बताए, ती नेताका अनुसार पार्टी मिल्नेको नाममा कमल थापाले राजाबादी संस्थाको रुपमा परिचित पुरानोपार्टी राप्रमा हैकमबाद चलाउन लागेकाले यसमा असहमति राख्नु प्रजातान्त्रीक प्रकृया भएको र डा.लोहनीले ठीक गर्नुभएको बताएका छन् ।

उनका अनुसार कमल थापाको काम गर्ने शैली हैकमबादी भएको र उक्त शैली परिवर्तन नभएमा पार्टीभित्र बिद्रोह हुनेछ, त्यसको नेतृत्व डा.प्रकाशचन्द्र लोहनी वा अरु कुनै नेताले गर्न सक्ने छ ।