पु.समाचार

प्रधानसेनापतिले दिए सेनालाई सतर्क रहन निर्देशन

काठमाडौ । नेपाली सेनाले अस्थीर राजनीतिका कारण केही विखण्डनकारी समुहका गतिविधिहरुले समग्र मुलुकको सुरक्षा अवस्था कमजोर भइरहेको भन्दै चिन्ता व्यक्त गरेको छ। नेपाली सेनाले विशेष गरी तराइ मधेशमा सक्रिय केही अतिवादी समुहले मुलुकको समग्र सुरक्षा अवस्थालाई नै चुनौती दिइरहेको र उक्त समुहलाई अमुक राजनीतिक दलहरुले अप्रत्यक्ष रूपमा सहयोग गरिरहेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

जंगी अड्डामा मंगलबार आयोजित पृतनापति समन्वयात्मक वैठकमा उपत्यकासहित पाँचवटै पृतनापतिहरुले आ आफनो क्षेत्रको रिपोटिङ गरेका थिए। बुधबारको अन्नपूर्णमा लेखिएको छ, बैठकमा ती अतिवादी र विखण्डन चाहने समुहलाइ नेपालमा अस्थिरता सिर्जना गर्न चाहने आन्तरिक र वाहिय शक्तिहरुको समेत संलग्न रहेको बारे छलफल भएको सैनिक उच्च स्रोतले जनाएको छ।

पृतनापतिहरुले वैठकमा तरल र अस्थिर राजनीतिका कारण नै मुलुको सुरक्षा अवस्था कमजोर हुदै गएको रिपोटिङ गरेको स्रोतले बताएको छ। वैठकमा राजनीतिक दलहरुले अहिलेको तरल राजनीतिलाई हेलचेक्राइ गरिरहे अवस्था नियन्त्रणभन्दा वाहिर समेत जान सक्ने वताएको स्रोतले बताएको छ।

वैठकमा विशेष गरी तराइ मधेशमा केही अतिवादी र विखण्डनकारी समुहले गरेका राष्ट्रीयता विरोधी गतिविधि आपत्तीजनक भएको र त्यसलाई राजनीतिक दलहरुले उपयुक्त माध्यमद्धारा समाधन गर्नू पर्नेमा जोड दिएका छन। वैठकमा सरकारले सोमवार घोषणा गरेको स्थानीय निकायको निर्वाचनका बारेमा समेत छलफल भएको स्रोतले वताएको छ।

बैठकमा प्रधानसेनापति राजेन्द्र क्षेत्रीले दिनप्रति दिन सुरक्षा चुनौती थपिरहेको भन्दै सजग रहन निर्देशन दिएको स्रोतले वताएको छ । प्रधानसेनापति क्षेत्रीको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘मुलुकको सुरक्षा अवस्थामा नया नया चुनौती थपिरहेका छन। त्यसलाई सामना गर्न हरेक तरीकाले नेपाली सेना हाइ हलर्टमा बस्नुपर्छ।’

बैठक पछि सैनिक जनसम्पर्क निर्देशनालयले मंगलबार जारी गरेको विज्ञप्तिमा प्रधानसेनापति क्षेत्रीले नेपाली सेनाले आफ्नो दक्षतालाइ थप मजबुत वनाउन तालिम तथा वन्दोबस्तीमा विशेष जोड दिन निर्देशन दिएको उल्लेख गरेको छ।बैठकमा सम्बन्धित विभागहरुबाट पछिल्लो राजनीतिक र त्यसले सिर्जना गरेको सुरक्षा अवस्थाका बारेमा विश्लेषण तथा समिक्षा गरिएको थियो।