समाचार

महाशिवरात्रीमा गाँजा,भाङ खाँदै हुनुहुन्छ, होस गर्नुस् है !

काठमाडौं । गाँजा भाङ, धतुरो नखाए के महाशिवरात्री ! शिवरात्रीको अवसरमा युवाको मुखमा झुन्डिने शब्द हो यो । गाँजा, भाङ धतुरोलाई शिवको प्रिय मान्ने धेरै छन् । प्रसादका नाममा लागूपदार्थ सेवन गर्नु राम्रो होइन ।

पाटन अस्पतालका जनरल फिजिसियन डा। भरतकुमार यादवले प्रसादका रुपमा लागूपदार्थ सेवन गर्दा स्वास्थ्यमा गम्भीर असर पर्ने बताए ।शुक्रबारको नागरिकमा लेखिएको छ, ‘शिवका भक्त व्रत बस्छन् । त्यस्तो बेला लागूपदार्थ सेवन गर्दा स्वास्थ्यमा हानि गर्दछ ।’

यादवका अनुसार गाँजा सेवनले बान्ता हुने, रिंगटा लाग्ने, बेहोस हुने लगायतका समस्या देखिन्छन् । ‘भोको पेटमा गाँजा सेवन गर्दा बेहोस भएर सासै रोकिन सक्छ उनले भने शिवजीको प्रसादका रुपमा मिठाई र फलफूल पनि खान सकिन्छ ।’