पु.समाचार

महाशिवरात्रीमा पशुपतिनाथ परिसर वरिपरिका यी सडकहरुमा सवारी निषेध छ है !

काठमाण्डौ । पशुपति मन्दिरमा यो वर्षको महाशिवरात्रीमा एक घण्टाभित्रै भक्तजनहरुले दर्शन र पुजाआजा गर्न पाउने भएका छन् । पशुपति क्षेत्र विकास कोषले यसको अन्तिम तयारी समेत गरेको जनाएको छ । अघिल्ला सालमा देखिने समस्याहरुबाट पाठ सिक्दै यो पटक भने त्यो खालका समस्या आउन नदिनका सक्दो तयारी गरेको कोषले जनाएको छ ।

महाशिवरात्रीका दिन शुक्रबार बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनहरुको भींड लाग्छ । सो भीडलाई मध्यनजर गर्दै क्षेत्र विकास कोषले यातायातको व्यवस्थापनका लागि तयारी समेत पूरा गरेको छ । शिवरात्रीका दिन पशुपति क्षेत्र पूरै अस्तव्यस्त हुने भएकोले प्रहरीले ट्राफिक व्यवस्थापनका लागि विभिन्न रोडमा सवारीलाई प्रवेश निषेध गरेको छ । प्रहरीका अनुसार शुक्रबार यी सडकहरुमा प्रहरीले सवारी प्रवेश निषेध गरेको छ ।

चावहिलबाट गौशाला तर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवि मोड्बाट रातोपुल हुँदै गौशाला तर्फ,

-मैतिदेवी चोकबाट पुरानोबानेश्वर तर्फ,

-द्वारीका होटलको उत्तरतर्फको शाखा मार्ग,

-सिफल चौरबाट जयबागेश्वरीतर्फ,

-लामापोखरी कुटुवहालबाट मित्रपार्कतर्फ,

-गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ,

-तिलगंगाबाट गौशालातर्फ,

-मालबाहक सवारी साधनहरु तीनकुनेबाट सिनामंगल, तिलगंगातर्फ,

-जोरपाटी नारायणटारबाट करिडोर बाटोहुदै आउने मालवाहक सवारी साधनहरु गौरीघाटतर्फ

-सिनामंगल पुलबाट करिडोरको मार्ग हुँदै होटल महाराजा निस्कने मार्ग,

-जोरपाटी, बौद्धतर्फबाट आउने मालबाहक सवारी साधन चुच्चेपाटीबाट चावहिलतर्फ ।

मालबाहक सवारी साधनका यस्तो छ व्यवस्थापन

-तीनकुनेबाट गौशाला तर्फ र गोपिकृष्णबाट चावहिल तर्र्फ आउन रोक लगाईएको ।

-नारायणटार पुलबाट करिडोरको बाटो भएर आउने सम्पूर्ण मालवाहक सवारी साधन तथा पानीका ट्याङ्करहरुलाई पनि उक्त दिन रोक लगाईएको ।

यात्रुबाहक सवारी साधन:

-नयाँबानेश्वर, तीनकुने भएर चल्ने तथा रिङ्गरोड परिक्रमा गर्ने सवारी साधनलाई पुरानो बसपार्क, भद्रकाली, माइतीघर, बानेश्वर, तीनकुने हुँदै तिलगंगासम्म जाने र सोही मार्ग भएर फर्कने व्यवस्था मिलाइएको छ,

-रातोपुल गौशाला, चावहिल हुँदै बौद्धतर्फ चल्ने सवारी साधन पुरानो बसपार्क, भद्रकाली, भोटाहिटी, जमल, केशरमहल, खानीविभाग, लाजिम्पाट, नारायणगोपाल चोक, सुकेधारा, चावहिल हुँदै बौद्धतर्फ जाने र सोही बाटो फिर्ता हुने व्यवस्था मिलाइएको छ,

-कलंकी, हलचोक, बालाजु, महाराजगंज भएर चल्ने बस मिनिबस, माइक्रो बसहरु सुकेधारा भएर राजधानी पेट्रोल पम्पसम्म जाने र सोही बाटो भएर फर्कनु पर्ने छ,

-रातोपुल, गौशाला भएर चावहिल तर्फ जाने माइक्रोबस र टेम्पोलाई रत्नपार्क, भद्रकाली, सुन्धारा, भोटाहिटी, जमल, महेन्द्रशालिक, कृष्णपाउरोटी, ल्होत्सेचोक, ज्ञानेश्वर, सानो गौचरण, कालोपुल, सिफल, कटुबहाल, चावहिल, गणेशस्थान हुँदै बौद्ध जोरपाटी तर्फ जाने र फर्कदा चावहिल, सुकेधारा, महाराजगंज, लाजिम्पाट, खानिविभाग, केशरमहल भएर रत्नपार्कसम्म आउने व्यवस्था मिलाइएको छ, शंखमुल, नयाँ बानेश्वर, पुरानो बानेश्वर तर्फबाट चल्ने माइक्रोबस तथा टेम्पो पुरानो बानेश्वर बाट सेतोपुल हुँदै कालोपुल भएर करिडोरको बाटो हुँदै ओम अस्पताल निस्कने व्यवस्था मिलाइएको छ ।

यस्तो छ पार्किङ्ग व्यवस्थापनस् तिलगंगा:

-दर्शनार्थी, तीर्थयात्री र विदेशी पर्यटक, अमालकोटस् भारतीय दर्शनार्थीका साना सवारी साधन र पासवाला सवारी साधन, सिफल चौरस् स्वदेशी तथा विदेशी दर्शनार्थी एवम् तीर्थयात्रीका सवारी साधन, गौशाला प्रभागस् पासवाला सुरक्षा निकाय तथा सरकारी सवारी साधन, कोषको कार्यालयस् पासवाला सवारी साधन, गुहेश्वरी पारीस् बौद्ध, जोरपाटी तर्फबाट आउने भक्तजनका सवारी साधन ।