पु.समाचार

शनिबार स्ववियु निर्वाचनको उम्मेद्वारी दर्ता हुँदै

काठमाण्डौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन कार्यतालिका अनुसार शनिबार उम्मेद्वारी दर्ता हुने कार्यक्रम छ । केही दिनअघि त्रिविले प्रकाशित गरेको संशोधित कार्यतालिका अनुसार शनिबार स्ववियु निर्वाचनमा उठ्ने उम्मेद्वारहरुले उम्मेद्वारी दर्ता गराउँदै छन् ।

आगामी १८ गते त्रिवि अन्तर्गतका क्याम्पसहरुमा स्ववियू निर्वाचन हुँदैछ । उम्मेद्वारी दर्ताको कार्यक्रम सम्पन्न हुँदै गर्दा राजधानी र राजधानी बाहिरका क्याम्पसहरुमा असन्तुष्ट विद्यार्थी संगठनहरुले क्याम्पसमा तालाबन्दी र आगजनी गरेका खबरहरु पनि आइरहेका छन् ।

उपत्यकाको मिनभवन क्याम्पसमा आगजनी भएको बताइएको छ भने केन्द्रीय क्याम्पस कीर्तिपुर, त्रिचन्द्र, पाटन लगायतका क्याम्पसमा असन्तुष्ट विद्यार्थी संगठनहरुले तालाबन्दी गरेको बताइएको छ । त्यस्तै तराई–मधेसका आठ जिल्लाका क्याम्पसमा पनि तालाबन्दी गरिएको बताइएको छ ।