राजनीति

गिरिजाप्रसादको निर्बाचनक्षेत्र सप्तकोशी क्याम्पसमा न बन्द, न ताला ? यस्तो पो त स्ववियु निर्बाचन!

सुर्यखबर सम्बाददाता,

सुनसरी । सप्तकोशी क्याम्पस सुनसरी चक्रघट्टीमा नेबिसंघले दमदार उमेर्द्वारी दिएको छ । नेबिसंघमा सभापतिमा प्रतिक राई, सचिवमा बिशाल भण्डारी, कोषाध्यक्षमा बिष्णुमाया मगर सदस्यमा भीमबाहादुर कटवाल, अभिनभ मोक्तान तथा तारा मगर लगायतले उमेर्द्वारी दिएका छन् ।
गिरिजाप्रसाद कोईरालाको निर्बाचन क्षेत्र समेत रहेको सप्तकोशी क्याम्पसमा पहिलोपटक स्वबीयूको निर्बाचन हुनलागेको हो । अखिलबाट भने सभापति महेश अधिकारी सचिव सविन राई, कोषाध्यक्षमा सजिना चौवान र दस्यहरु- करूणा माझी, सुष्मिता बस्नेत, निमेश पोख्रल तथा समानुपातिक तर्फबाट केशव भट्टराई, विशाल भट्टराई, लक्ष्मी न्यौपाने, जेसिका वि क, सागर राई, कमल चन्द्र डॉगी छन् ।

नेबिसंघ र अखिलको टक्कर हुने र जित भने नेबिसंघको हुने नेपाली काँग्रेसका निबर्तमन क्षेत्रीय सभापति तथा माहासमिति सदस्य बाबुराम बिष्टले बताए । क्षेत्र नं. ६ का सभापति उपेन्द्रबाहादुर कटवालले भने बिबादरहित ढंगले स्वबीयू निर्बाचन हुनु नै नेबिसंघको जित भएको दाबी गरेका छन् ।

नेकपा एमालेका सचिब तथा पूर्बमन्त्री भीमप्रसाद आचार्यको निर्बाचन क्षेत्रसमेत रहेको उक्त क्याम्पसमा अखिललाई जिताउन एमालेको समेत ठूलै शक्ती लागेको समाचार सुर्यखबरलाई प्राप्त भएको छ ।

निर्बाचनको नतिजाले जित र हार बारेमा चाँडै नै देखाउछ । उक्त सप्तकोशी क्याप्पसमा न तालाबन्दी न हड्ताल शान्तीपूर्ण रुपमा निर्बाचनको वाताबरण बन्नु सकारात्मक भएको जिल्ला सभापति राजीव कोईरालाले बताए ।