पु.समाचार

यसरी गरियो एसएसबीद्धारा हत्या गरिएका गोविन्द गौतमको अन्त्येष्टि

कञ्चनपुर  । बिहीबार एसएसबीले गोली हानि हत्या गरेका नेपाली गोविन्द गौतमको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । आइतबार जिल्लाकै दोदा नदी किनारमा उनको अन्त्येष्टि गरिएको हो । स्वर्गीय गौतमको पार्थिव शरीरमा उनका पिता ७२ वर्षीय खेमलाल गौतमले दागबत्ती दिएका थिए ।

अन्त्येष्टिका क्रममा कञ्चनपुर र कैलालीमा हज्जारौ स्वतस्फुर्त रुपमा सहभागिता जनाएका थिए । स्वर्गीय गौतमको सम्मानमा नेपाल प्रहरीले ११ तोपको सलामी दिएको थियो । धनगढी अस्पतालबाट शवयात्रा सुरु गरिएको उनको शव सिधै दोदो नदी लगिएको थियो ।