राजनीति

सप्तरीमा एमालेको निर्देशनमा प्रहरीले मधेसीमाथी गोली चलायो -उपेन्द्र यादब

सप्तरी । मधेसी मोर्चाका नेताहरु उपेन्द्र यादब र राजेन्द्र महतोले सप्तरीमा एमालेको आदेशमा प्रहरीले गोली चलाएर चार जनाको हत्या गरेको बताएका छन् । सप्तरीको राजबिराजमा छुट्टाछुट्टै गरिएको पत्रकार सम्मेलनमा मोर्चाका प्रमुख नेता समेत रहेका उनीहरुले मोर्चाले मधेसमा कार्यक्रम नगर्नुस खतरा छ भन्दा भन्दै अध्यक्ष केपी शर्मा ओली र एमालेका कारण उक्त घटना भएको दाबी गरेका छन् ।

सप्तरी घटनापछि सरकारको समर्थन स्वतः फिर्ता भएको दाबी गर्दै संघीय समाजबादी फोरम अध्यक्ष समेत रहेका मोर्चाका नेता उपेन्द्र यादबले संबिधान संसोधन बिना गरिने निर्बाचन आफूहरुले बिथोल्ने बताएका छन् ।

यदि निर्बाचन गरिहाले निर्बाचनमा भाग लिने भनेको आमी र प्रहरीमात्र हुने पूर्बमन्त्री समेत रहेका मोर्चा नेता यादबको दाबी छ । सप्तरी घटना मधेसबिरुद्ध युद्ध भएको दाबी गर्दै अब मधेसमा मात्र नर्भर पहाड र तराईमा समेत आन्दोलन हुने यादबले दाबी गरेका छन् । अब संसोधन बिना निर्बाचनमा होमीए माहाभारत हुने पुरानो दाबी नेता यादबको छ ।

अर्को नेता राजेन्द्र महतोले एमालेलाई तराईमा कार्यक्रम नगर्नू भन्दा भन्दै अटेर गरेका कारण उक्त घटना भएको बताउदै मधेसी जनताले एमालेलाई मधेसमा निषेध गरेको दाबी गरे । मोर्चा नेता महतोले यदि संबिधान संसोधनबिना स्थानीय निकायको निर्बाचन गरिए काँग्रेस र माओबादी केन्द्रपनि मधेसबाट बढारिने दाबी गरेका छन् ।