पु.समाचार

मधेसको मनोविज्ञान बुझ्न सेनाको यस्तो तयारी

काठमाडौं । नेपाली सेनाले पछिल्लो समय सम्बन्धित क्षेत्रमै पुगेर तराइ मधेसको मनोविज्ञान बुझ्ने प्रयास थालेको छ । सोमबारको नागरिक दैनिकमा लेखिएको छ, सेनाले सुक्ष्म अन्वेषण अन्तर्गत प्रतिकूल राजनीतिक प्रभावले छोएका तराइ मधेसका जिल्लाका जनताको मनोविज्ञान बुझ्ने प्रयास थालेको हो ।

यसका लागि सेनाको सुक्ष्म अन्वेषण रणनीतिअनुसार जनसरोकारका बिषयमा स्थापित गण, गुल्म र पोस्टको सक्रियता बढाइँदै छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले साउन १० मा जंगीअड्डामा आयोजित एउटा कार्यक्रममा यसको औपचारिक खुलासा गरिसकेका थिए ।