अन्तर्राष्ट्रिय

स्कटल्यान्डमा जनमत संग्रह हुने संकेत

एडिनबर्ग । स्कटल्यान्डकी फस्ट मिनिस्टर निकोला स्टरजेनले स्कटल्यान्डको स्वतन्त्रताका लागि फेरी जनमत संग्रह गर्न लन्डनसँग स्वीकृति मागिने बताएकी छन् ।

मंगलबारको कान्तिपुरमा लेखिएको छ, २०१९ को बसन्त याममा ब्रेक्जिट पूर्णहुनु अघि नै जनमत संग्रह हुनुपर्ने पक्षमा उनी छन् ।  बेलायतले युरोपियन युनियन छाड्न मतदान गरेको सन्दर्भमा स्कटिसहरुको हित रक्षा गर्न पनि यो कदम आवश्यक भएको स्टरजेनले बताएकी छन् ।