राजनीति

काँग्रेसले अब चाँडै ल्याउने भो एमालेबिना पनि संबिधान संसोधन गर्ने रणनीति

काठमाडौँ । नेपाली काँग्रेसले आसन्न स्थानीय निकायकाने निर्बाचन र संबिधान संसोधन एकैपटक अगाडी बढाउनुपर्ने बिचार ब्यक्त गरेका छन् । अधिकाँस नेताहरुले एमलेबिना पनि संबिधान संसोधनको दुईतिहाई पुग्ने हुंदा त्यसतर्फ ध्यान दिन काँग्रेस नेताहरुले नेतृत्वको धयानाकर्षण गराएको बताईएको छ ।

काँग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र नेपाली काँगे्रस मधेसका नेताहरु को आज सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको बैठकले संविधान संशोधनमार्फत निर्वाचनमा सबैले सहभागी हुने वातावरण बनाउनुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकले तराई-मधेसबाट पार्टीको प्रतिनिधित्व गर्ने सांसदसँग संविधान संशोधनलगायत समसामयिक राजनीतिक घटनाका सम्बन्धमा विश्लेषण गरी उक्त निष्कर्ष निकालेको पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिएका छन् ।

बैठकले यही चैत १० गते पार्टीको केन्द्रीय समितिको बैठक गर्ने निर्णयसमेत गरेको छ । बैठकमा संशोधन प्रस्तावलाई तार्किक निष्कर्षमा पु¥याएर राजनीतिक समस्या समाधान गर्न पार्टीले नेतृत्व लिने विषयमा छलफल भएको नेता फरमुल्ला मन्सुरले बताए ।

“निर्वाचनमा सबै दलले भाग लिने र सबै नेपालीलाई भयमुक्त मतदान गर्न पाउने वातावरण बनाउन दलले अग्रसरता लिने निष्कर्षसमेत निकालेको छ”, उनले जानकारी दिए । संशोधनमा बहुमत पुग्छ त भन्ने सञ्चारकर्मीको जिज्ञासमा नेता मन्सुरले तराई–मधेसका बहुमत जनताको अधिकारका लागि संशोधन ल्याइएकाले संशोधनमा दुई तिहाइभन्दा बढी मत पुग्ने विश्वास व्यक्त गरे ।

नेपाली काँग्रेसका केनद्रीय सदस्य महेन्द्र यादबले संबिधान संसोधनको लागी निर्णयार्थ पेश गर्न पार्टीलाई आग्रह गरेको बताएका छन् । मधेसका नेताहरु सहित बसेको उक्त बैठकमा राप्रपा समेत सरकारमा आएकोले एमालेबिना पनि संबिधान संसोधनको लागि मत पुग्ने हुंदा पार्टीले त्यसतर्फ कदम चाल्नुपर्ने बिचार ब्यक्त गरेका छन् ।