राजनीति

माओवादीले गर्यो यस्तो निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले सीमांकन थाती राखेर संविधान संशोधन प्रस्ताव अघि बढाउने निर्णय गरेको छ । केन्द्रिय कार्यालयको बुधबारको बैठकले सीमांकनलाई थाती राखेर अन्य बुँदा पास गराउने निर्णय गरेको नेता टोपबहादुर रायमाझीले बताए ।

उनले भने ‘भाषा, नागरिकता र राष्ट्रिय सभाको संरचनामा आवश्यक पर्यो भने लचिलो भएर परिमार्जनसहित पारित गराउँनेछौं ।’

बिहीबारको नागरिकमा लेखिएको छ, ‘मधेसी मोर्चा पनि सीमांकन थाती राखेर जान लचिलो भएको तर सहमति जनाइसकेका छैनन् । सहमतिको नजिक नजिक पुग्दैछ ।’ पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले भने ।