अन्तर्राष्ट्रिय

ब्रिटेन घटनामा मर्नेहरुको संख्या ५ पुग्यो (अपडेट)

एजेन्सी । ब्रिटेनको संसद भवनबाहिर बुधबार भएको घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । ब्रिटेनको राजधानी लण्डनमा अवस्थित संसद भवन बाहिर एक व्यक्तिले नियतवस पेटीमा हिडिरहेका मानिसहरुमाथि मोटर लगरे जोताएपछि सो घटना भएको थियो ।

मोटर जोताएलगत्तै ती व्यक्तिले संसद भवन बाहिर सुरक्षा गरिरहेका प्रहरीमाथि समेत आक्रमण गरेका थिए । लगत्तै ती आक्रमणकारीमाथि प्रहरीले गोली प्रहार गरेपछि घटनाले भयावह रुप लिएको थियो । आक्रमणकारी र प्रहरी दुवैको ज्यान गएको बताइएको छ ।  खुल्ला सडकमा भएको सो आक्रमणमा केही सर्वसाधारण समेत घाइते भएको जनाइएको छ ।

सडकमा हिडिरहेका यात्रीहरुलाई जथाभावी ठक्कर दिँदै हिडेको सो कार अन्तिममा रेलिङमा गएर ठोकिएको थियो । बाहिर भएको गोलीको आवाज संसद भवन भित्र रहेका सांसदहरुले समेत सुनेका थिए ।