पु.समाचार

अमेरीका, भारतपछि अब यसरी नेपाली सेनाले चीनसंग शैन्य अभ्यास गर्दैछ !

काठमाडौ । आतंकवादको चुनौतीलाई ध्यान दिँदै चिनियाँ सेनासँग हुने सैन्य अभ्यासको अन्तिम तयारी गर्न नेपाली सेनाको उच्च टोली मंगलबार चीन गएको छ । सेनाको विशेष सुरक्षा बलका बाहिनीपति सहायकरथी झंकर कठायत नेतृत्वको टोली संयुक्त अभ्यासको मोडालिटीलाई अन्तिम स्वरूप दिन चीन गएको हो । टोलीमा युद्धभैरव गणका कमान्डेन्ट महासेनानी मदन केसी पनि सहभागी छन् ।

विश्वभर बढ्दो आतंकवादको चुनौतीलाई ध्यानमा राखेर पहिलोपटक सेनाले चिनियाँ जनमुक्ति सेनासँग संयुक्त सैन्य अभ्यास गर्न लागेको हो । अभ्यास चैत तेस्रो साता (मार्च महिनाभित्रै) गर्ने तयारी भइरहेको सैनिक स्रोतले उल्लेख गरेको छ ।

सेनाले सैन्य कूटनीतिका माध्यमबाट मित्रराष्ट्रका सैनिक संगठनसँग द्विपक्षीय सम्बन्ध प्रगाढ बनाउन विभिन्न राष्ट्रसँग संयुक्त सैन्य अभ्यास गर्दै आएको छ । नेपाल(चीन संयुक्त अभ्यासलाई ‘एक्सरसाइज सगरमाथा फ्रेन्डसिप फस्र्टु नाम दिइएको छ । टोलीले चिनियाँ जनमुक्ति सेनासँग समन्वय गरी अभ्यासको मिति, स्थान र रूपरेखा ९मोडालिटी० टुंगो लगाउने सैनिक स्रोतले बताएको छ ।

सेनाका प्रवक्ता ताराबहादुर कार्कीले चिनियाँ सेनासँग हुने सैन्य अभ्यासको तयारी अन्तिम चरणमा पुगेको बताए । प्रवक्ता कार्कीले अन्नपूर्णसँग भने, दुवै पक्ष अन्तिम तयारीमा जुटेका छन् । संयुक्त अभ्यासको मिति छिट्टै तय हुन्छ । अन्न्पूर्णपोष्डटमा समाचार छ । चीनमा दुवै देशका सैनिक अधिकारीको बैठकले अभ्यासमा सहभागी हुने सैनिक संख्या निर्धारण गर्नेछ ।

संयुक्त अभ्यासनलाई ‘एक्सरसाइज सगरमाथा फ्रेन्डसिप फस्र्ट’ नाम दिइएको् छ । टोलीले चिनियाँ सेनासँग समन्वय गरी मिति, स्थाना र मोडालिटी टुंगो लगाउने छ ।

केही वर्षयता चीनले नेपाली सेनालाई दिँदै आएको सैन्य सहयोग बढाउँदै आएको छ । चिनियाँ र नेपाली सेनाको संयुक्त अभ्यासलाई भारत, अमेरिकालगायत कतिपय देशले असहज माने पनि सेनाले चीनसँगको सैनिक अभ्यास सामान्य र नियमित भएको जनाएको छ ।

चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता याङ युजुनले पुस १४ मा बेइजिङमा पत्रकारसम्मेलन गरी सन् २०१७ मा चिनियाँ जनमुक्ति सेना र नेपाली सेनाबीच संयुक्त सैन्य अभ्यास हुने बताएका थिए । प्रारम्भिक चरणमा दैवीप्रकोप उद्धार र विपत् व्यवस्थापन केन्द्रित गरेर सैन्य अभ्यास गर्ने छलफल भए पनि विश्वमा बढ्दै गएको आतंकवादी गतिविधिलाई ध्यान दिँदै दुवै देशका सैनिक अधिकारी आतंकवाद र त्यसबाट उत्पन्न सुरक्षा चुनौती सामना गर्न सैन्य अभ्यासका लागि सहमत भएका थिए ।

नेपाली सेनाले यसअघि अमेरिका, भारतलगायत देशसँग संयुक्त सैन्य अभ्यास गरिसकेको छ । नेपाली र बंगलादेशी सेनाबीचको सैन्य अभ्यास भने तत्कालका लागि स्थगित भएको सैनिक उच्च स्रोतले बताएको छ । सेनाले बंगलादेशसँग सगरमाथा आरोहण संयुक्त अभ्यासको तयारी गरिरहेको थियो ।