राजनीति

राजधानीका अधिकाँस कजेजहरुमा यसरी निर्बाचन हुन सकेन, धेरैजसोमा ताला

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । आठ बर्षपछि सम्पन्न हुन लागेको स्वतन्त्र बिद्यार्थी यूनियनको निर्बाचन काठमाण्डौ उपत्यकाका अधिकाँस कलेजहरुमा तालाबन्दीका कारण सम्पन्न हुन सकेन । त्रिभूवन बिश्वबिद्यालयको सबैभन्दा प्रमुख क्याम्पस किर्तिपुर, त्रिचन्द्र, पध्मकन्या, आरआर, मीनभबन, नेपाल ल क्याम्पस लगायतका महत्वपूर्ण कलेजहरुमा स्वबीयू निर्बाचलको गर्न त्रिबि फेल छ ।

जनप्रशासन क्याम्पसमा निर्बाचन भएपनि बिबाद रहित बन्न सकेको छैन ।

अर्कोतिर बिराटनगरको महेन्द्र मोरङ क्याम्पसमा, पोखराको पीएन क्याम्पसमा पनि तालाबन्दीका कारण निर्बाचन हुन सकेको छैन ।
त्रिबिका ६० वटा आँगीक क्याम्पसमध्ये अधिकाँसमा निर्बाचन सम्पन्न हुन नसकेको बताईएको छ ।

कतै मधेसी मोर्चाले, कतै संघीय समाजबादीले त कतै नयाँशक्तीले स्वबीयू निर्बाचनमा अबरोध गर्दै ताला लगाएका छन् ।

एमाले अखिल र नेबिसंघले ताला लगथाएका भएपनि उनीहरुले स्वबीयू निर्बाचनमा अन्त्मि समयमा भाग लिएका छन् । केहिदिन अगाडी निर्बाचन बिथेल्न केहि क्याम्पसमा आगजनी समेत भएको थियो ।