राजनीति

निर्बाचनको महत्व नबुझ्ने मधेसबादीले के राजनीति गर्छन् ? – बरिष्ठ नेता पौडेल

सुर्यखबर सम्बाददाता,
बिराटनगर । नेपाली काँग्रेसका बिरष्ठ नेता रामचन्द्र पौडेलले निर्बाचनबाट कसैलेपनि भाग्न नहुने बिचार ब्यक्त गरेका छन् । पूर्बमा बिभिन्न कार्यक्रममा भाग लिन शनिबार बिराटनगर आएका पौडेललले निर्बाचन मुलुलककोलागी अपरिहार्य भएकोले मधेसबादी दलहरुलाई आग्रह गर्दै उक्त बैसाख ३१ गते घोषणा गरिएको स्थानीय निकायको निर्बाचनमा भाग लिन आग्रह गरेका छन् ।
समाबेशीता, संघीयता, गणतन्त्र र लोकतन्त्र बचाएर आफ्ना मागहरु दरिलो बनाउन सबैले निर्बाचनमा भाग लिनुपर्ने बताएका छन् । ०४८ सालदेखि तनहुबाट सधैं निर्बाचन जित्ने मध्येका नेता पौडेलले राजनीति गर्नेहरुले निर्बाचनको महत्व बुझ्नुपर्ने तर्क गरेका छन् । उनको उक्त तकए निर्बाचनमा भाग नलिने मधेसबादी दलहरु लगायतकामा केन्द्रीत थियो ।
केहिदिन अघिमात्र जनसंपर्कसमितिमा कार्यक्रममा भाग लिएर मुलुकको बिभिन्न जिल्लाको कार्यक्रममा भाग लिन निस्किएका पौडेलले गुटउपगुट भन्दा पनि पार्टी भन्दा नि माथी उठेर सबै निर्बाचनमा होमिनुपर्ने बिराटनगरको पत्रकार सम्मेलनमा धारणा राखेका छन् ।

झण्डै १ बर्षअघिमात्र नेपाली काँग्रेसको  १३ औं माहाधिवेसनमा शेरबहादुर देउवासंग सभापतिमा पराजित पौडेलको पूर्बमा सुनसरी लगायतका बिभिन्न जिल्लामा कार्यक्रम रहेको बताइईएको छ ।