राजनीति

कुनैपनि बाहनामा स्थानीय निकायको निर्बाचन रोकिन्न – प्रधानमन्त्री दाहाल

सुर्यखबर सम्बाददाता,
बिराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले कुनैपनि बाहनामा स्थानीय निकायको निर्बाचन नरोकिने बताएका छन् । पूर्बाञ्चल बिश्वबिद्यालयको दीक्षान्त समारोहमा प्रमुख अतिथीको रुपमा बोल्दै माओबादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले मधेसबादी दलका साथीहरुसमेत सहभागी गराएर भएपनि निर्बाचन गरिछाड्ने दाबी गरेका छन् ।

प्रधानमन्त्री दाहालले मधेसमा स्थानीय निकायको संख्या आवश्यक परे थप्ने वा अरु बिकल्प खोजेर पनि निर्बाचन गपरिछाड्ने बिचार ब्यक्त गरेका छन् । कार्यक्रममा उनले स्थानीय निकाय र संबिधान संसोधन फरक पाटो भएको आफ्नो दृष्टीकोण प्रश्तुत गरेका थिए ।

प्रधानमन्त्री दाहाले मधेसी मोर्चा सहभागी नभए पनि निर्बाचन हुन्छ भन्ने आशय देखिन्थ्यो । कार्यक्रममा बोल्दा भने प्रधानमन्त्रीले मोर्चाको आलोचना गरेनन्, बरु सकेसम्म फकाउने काम गरे ।