राजनीति

बिराटनगरका अर्जुनकुमारले दुबईबाट यसरी गरे सभापति देउवा र डा.डिला संग्रौलाको बिरोध !

 देशकै प्रमुख सहर मध्ये काङ्ग्रेसको इतिहासमा छुट्टै अस्तित्व बनाएको बिराटनगर उपमाहानगरपालीकामा पछिल्लो समयमा एक्कासी चुनाबी सारगर्मी बढेको छ।

खासगरी नेपाली काङ्ग्रेस मोरङको जिल्ला सम्मेलनमा भागलिन देउवा बिराटनगर आएपछी काङ्ग्रेस को राजनीतिभित्र नया तरङ छाएको हो। पार्टी भित्रका अत्याधिक जनपृय स्थानीय नेताहरुलाई बाइपास गरि मेयरमा डा. डिला संग्रोलालाई अगाडि सार्ने देउवाको आग्रहपछी मोरङका स्थानीय नेता र कार्यकर्ताहरु अत्याधिक रुष्ट बनेका छन् ।

साथै ३०/४० बर्ष देखि स्थानिय राजनीतिमा योगदान गर्दै जन जनको मनमा बास बसेर वाह वाह कमाएका नेता हरुको मेयर बन्ने सपना समेत तुहिएको छ।
काङ्ग्रेसले टिकट बितरणको अधिकार स्थानीय स्थरमा सुम्पेपनि जनताको भावनालाइ लात हान्दै देउवाले सिधै आफु अनुकुलको ब्यक्ती अगि सार्नु समग्र नगरबासी भावाना र मर्म माथी खेलवाड गरेको देखियो र यो जस्तो लज्जास्पद र घृणित कार्य अरु केही हुन सक्दैन । यसले स्थानीय काँग्रेसमा राजनीति कार्यकर्ताको मनोबल घट्दैजानु र पार्टी प्रति बितृस्णा पैदाहुदै जाने छ भन्ने हेक्का समेत नराख्नुले सभापती नगरबासी प्रती घातक हुन भन्ने प्रष्ट देखिएको छ।

अर्जुन कुमार खड्का  

“डा. डिलालाई के आधारमा अगाडी सारियो ? केन्द्रमा बसेर सेर बहादुर खुसी बनाएकै भरमा र आसेपासे २/४ जनाले नमस्कार गरेकै भरमा उनी समग्र नगरबासीको नेता कसरी बन्न सक्नुभयो ??”

डा. डिलालाई के आधारमा अगाडी सारियो ? केन्द्रमा बसेर सेर बहादुर खुसी बनाएकै भरमा र आसेपासे २/४ जनाले नमस्कार गरेकै भरमा उनी समग्र नगरबासीको नेता कसरी बन्न सक्नुभयो ??

यो लबिङ योजनाबद्ध रुपमा एमालेका नेता बिनोद ढकाललाई जिताउन बनाइएको हो किनकी डा. डिलाले चुनाब हार्ने पनि निश्चित छ।
केन्द्रमा बसेर औसि पुर्ने झुल्किने अनि समग्र नगर मेरो कब्जामा छ भनेर फुइ हान्दैमा नगरबासिको नेता मानिन्छ र ? आज सम्म के त्यस्तो स्मरणीय कार्य गरेको छ नगरबासीका लागि अनि यसरी कुठाराघात गरिदैछ फेरि ?? गाउँमा बसेर पुरै जिन्दगी पार्टी र जनता प्रती खर्चदै लोकप्रीयता कमाएका योग्य र प्रभावशाली नेताहरुले जनताको सेवा गर्ने मौका पाउने कि सधै उनिहरुकै भजन गाउदै तालिमात्रै बजाउने हो ?यसको सर्बत्र आवाज उठ्नु जरुरी छ।

यो चुनाव स्थानीय तहको हो भने आफ्नो अधिकार सुनिश्चित गर्ने जिम्मा पनि स्थानीय नेता कार्यकर्ता कै हुन जान्छ। यो युग मिठा र चर्का भाषणले टिक्ने युग हैन र बीस बर्ष अगाडीको चुनाव पनि हैन । नेपाली जनता पुर्ण रुपमा जानकार भैसकेको अवस्थामा यस्ता अलोकप्रिय नेताहरुलाई अगाडी सार्नु पुरै पार्टी प्रति लाचार गद्दार हुनेछ।
देउवाको योजना बिराटनगरको पुरानो साख गिराउनु र जसरी हुन्छ वीपी देखि गिरिजाप्रसादसम्मले देशमा बिराटनगरले सम्हालेको काङ्ग्रेसको नेतृत्व चकनाचुर बनाउनु नै हो यसरी हेर्दा डा. डिला को उम्मेद्बारी केन्द्रमा बिराटनगरको प्रतिनिधित्व शून्य बनाउन र सुदुर्पस्चिमान्चलको एकलौटी हाबी बनाउन चालेको गोटि हो भन्ने बुझिन्छ। नत्र डा. डिला कसको लागि उम्मेद्बारी ? जनता को कि देउवाको लागि ? जनताकै नजरमा अपरिचित लाई अगाडी सार्नु के बिजय पराजय का लागि ??

त्यसैले सम्पुर्ण नगर बासीहरुले यो कदमको खुलेरै बिरोध नगरे बिराटनगर मा न त काङ्ग्रेस रहन्छ नत बिकास र उन्नती  ।  जयनेपाल  !!!

 (डा.डीला संग्रौला नेपाली काँग्रेसको भगिनीसंस्था महिलासंघकी पूर्ब केन्द्रीय सभापति र नेपाली काँग्रेसकी केनद्रीय सदस्य समेत हुन् । )