समाचार

दिपायलमा लागेको भीषण आगलागी नियन्त्रण बाहीर

दिपायल । दिपायलमा भीषण आगलागीका कारण अहिले सम्म ६ वटा पसल, एउटा पेट्रोल ट्याँकर जलेर नष्ट भएको समाचार छ । पेट्रोल खन्याउदा शुरु भएको आगलागी नियन्त्रणका लागी सुरक्षाकर्मी र सर्बसाधारणहरुले प्रयास गरिरहेका छन् ।

नजिकैको दमकल बिग्रिएका कारण आगलागी नियन्त्रण गर्न कठिनाई भएको बताईएको छ ।

पीपल्ला बजारमा लागेको आगो नियन्त्रण बाहिर रहेको स्थानीय प्रहरीले जनाएको छ । केहि मोटरसाईकल पनि नष्ट हुनेगरी जलिरहेका छन् भने ड्रम पड्केको आवाज आएको स्थानीयले बताएका छन् ।

प्रशाशन कार्यालय, प्रहरी तथा नेपाली सेनाले आगलार्गी नियन्त्रणको प्रयास जारी राखेका छन् ।