राजनीति

भूकम्पपीडितको आँशुमा करोडौंको गाडी चढ्ने सचिब अधिकारीका फोटाहरु हेर्नुहोस, जसले तपाईलाई बाटोमा भेट्दा चिन्न सजिलो हुन्छ

काठमाण्डौ । भूकम्पपीडितको लागी आएको अनुदानबाट स्थानीय बिकास मन्त्री कमल थापा र सचिब केदारबहादुर अधिकारीले महंगो गाडी चढेको समाचार सम्प्रेशण भईरहेको छ । बा १७ च ९२० नम्मरको गाडी चढ्ने भाग्यमानी ब्यक्ती हुन् सचिब अधिकारी । गाडी चढ्नु भाग्यमानी भएपनि उनले ठूलो दुरुपयोग गरेका छन् ।
स्थानीय बिकास मन्त्रालयको आपतकालीन पुनस्थापना केन्द्रलाई आदेश दिई महंगो गाडी खरीद गरि सचिब र आयोजनाका प्रमुख ईश्वरचन्द्र मरहठ्ठाले चढ्दै आएको बताईएको छ । मरहठ्ठाले गाडी नम्मर बा १७ च २२९७ नम्मरको गाडी चढिरहेका छन् ।

उनीहरुले चढ्ने गाडी प्राईभेट नम्मर प्लेटको छ । तरकारी किन्न लाई समेत प्रयोग गर्न मिल्नेगरी गाडी चढेका छन् जबकी सरकारी ब्यक्तहरुले प्राईभेट नम्मर प्लेटको गाडी चढ्न पाईने कानुनी ब्यबस्था छैन ।

०७१ साल बैसाख १२ गते भूकम्प गएपछि घरबारबीहिन भएका भूकम्पपीडितहरुको आँशुमा गाडी चढ्ने सचिब, निर्देशक र मन्त्रीलाई कस्तो कारबाही हुने हो त्यो भने हेर्न बाँकी नै छ ।

तपाई जो कोहीलाई पनि चिन्न सजिलो हो भन्दै राखिएका स्थानीय बिकास मन्त्रालयका सचिब केदारबहादुर अधिकारीका १० फोटाहरु, उनको फेसबुकबाट कपी गरेर राखिएका हुन् । फोटाहरु आफन्तजनसंग पनि होलान, र ब्यक्तीगतपनि आफैं छुट्याउनुहोला ।