आर्थिक

अबको उद्योग बाणीज्य माहासंघको अध्यक्ष बिराटनगरका शेखर गोल्छा नै हुन् त ?

काठमाण्डौ । नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचनका लागि शेखर गोल्छा समूहले काठमाण्डौमा भव्य कार्यक्रमकाबिच आफ्नो उमेद्वारहरुको घोषणा गरेको छ ।

गोल्छा समूहले आज आफ्ना सम्पूर्ण उमेद्वारहरुको सामूहिक उमेद्वारी घोषणा गरेको हो । घोषणा सभामा वरिष्ठ उपाध्यक्षका उमेदवार शेखर गोल्छाले आफ्ना उपाध्यक्षहरुको परिचय गराएका थिए । गोल्छा समूहबाट जिल्ला नगर उपाध्यक्ष–दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्ष–उमेश लाल श्रेष्ठ, एसोसिएट्स उपाध्यक्ष–चन्द्रप्रसाद ढकाल र कोषाध्यक्ष– ज्ञानेन्द्रलाल प्रधानले आफ्नो उमेद्वारी घोषणा गरेका छन् ।

कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्षका प्रत्यासी गोल्छाले आफ्नो नेतृत्वमा गरिने भावी कार्यक्रम र महासंघलाई नेतृत्व दिने योजनाहरुको बारेमा जानकारी दिए।

गोल्छा नेपालको प्रमुख औद्योगिक घराना गोल्छा अर्गनाइजेसनका तेस्रो पुस्ताका क्रियाशील व्यक्ति हुन् । गोल्छा यसअघि महासंघमा २ कार्यकाल कार्यकारिणी सदस्य र हाल एसोसिएट्सबाट उपाध्यक्ष छन् ।

नेपालको औद्योगिक समस्या र यसको उज्वल भविश्यको बारेमा स्पष्ट धारणा राख्ने क्षमता भएका गोल्छाले महासंघबाट रोजगारदाता र मजदूरहरुबिचको श्रम सम्बन्धलाई सहजीकरण गर्दै नयाँ ऐन बनाउन सक्रिय भूमिका खेलेका ब्यक्ती हुन् ।

बिराटनगर  ओरिजिन भएका शेखर गोल्छा युवा नेतृत्वले नै आगामी दिनमा नेपालमा औद्योगिक तथा व्यवसायीक विकास गर्ने र त्यसको लागी अहिले देखि नै तयार हुनुपर्ने मान्यता राख्छन्। रोजगारी सिर्जना गर्दै आर्थिक विकासमा लाग्नुपर्ने उनको भनाई रहँदै आएको छ ।