राजनीति

प्रचण्डले गरे विमलेन्द्र निधिमाथि अन्याय !

बिमलेन्द्र निधी

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापालाई दोश्रो वरियताक्रममा राख्ने निर्णय गरेका छन् । माओवादी निकट एक नेताका अनुसार प्रधानमन्त्री दाहालले सो निर्णय गरेका हुन् । अर्का उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्री पछि आफु वरियताक्रममा पर्नुपर्ने भन्दै दबाब दिँदै आएका थिए । एक महिनाअघि राप्रपाबाट थापा उपप्रधान तथा संघीय मामिला मन्त्री बनेपछि बरियताक्रममा विवाद उत्पन्न भएको थियो ।

प्रधानमन्त्री दाहालले पार्टी निकट नेताहरुको बैठकमा समेत यो विषयमा छलफल गरेर यो कदम चालेको बताइएको छ । प्रधानमन्त्री दाहालले यो विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग समेत छलफल गरेको बताइएको छ । सभापति देउवासँग सल्लाह गरेर थापालाई दोश्रो वरियतामा राखिएको भनिए पनि यो विषयमा यथार्थ जानकारी भने बाहिर आइसकेको छैन । यो खबर बाहिरिएसँगै कांग्रेसका नेता कार्यकर्ताले निधिमाथि अन्याय भएको भन्दै सरकारको चर्को विरोध सुरु गरेका छन् ।