आर्थिक

एभरेष्ट बैंकको ८८ औं एटिएम् सांगापुरेद्वारा उद्घाटन

काठमाण्डौ । सर्वसाधारणहरुलाई सर्वसुलभ बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यका साथ एभरेष्ट बैंकले जैन भवनमा आफ्नो नयाँ एटिएम सेवा उद्घाटन गरेको छ । उक्त सेवाको समुद्घाटन डा. राम. एस. सांगापुरे (कार्यकारी निर्देशक, पन्जाब नेशनल बैंक) ले गरेका छन् । उक्त कार्यक्रममा श्री सोमेश्वर सेठ (प्रमुख कार्यकारी अधिकृत, एभरेष्ट बैंक), स्थानिय विशिष्ट व्यक्ति लगायत बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति थियो ।

श्री राजीब जैन(नायव महाप्रबन्धक, एभरेष्ट बैंक) ले बताउनु भयो एभरेष्ट बैंकले हाल आफ्ना ८८ एटिएम, ६० वटा शाखाहरु, ६ एक्सटेन्सन काउन्टर र २५ राजश्व संकलन काउन्टरका साथै पन्जाब नेशनल बैंकको ७ हजार भन्दा बढि एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको बैंकले बताएको छ ।