राजनीति

काँग्रेसले चितुवा गतिमा यसरी लांदैछ जनतासमक्ष प्रचार प्रसार !

काठमाण्डौ । सरकारले घोषणा गरेको वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको प्रचार प्रसारलाई व्यवस्थित र प्रभावकारी बनाउन नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिद्वारा नेपाली कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक र गगन थापाको संयोजन समितिले निर्बाचनका लागी मीडीयाको भूमिका नेपाली काँग्रेसको जित शुनिश्चित गर्नका लागी महत्वपूर्ण होस भन्ने हेतुले नेपाली काँग्रेससंग नजिक रहेका पत्रकारहरुलाई संलग्न गरेर २५ यदस्यीय यस्तो प्रचार प्रसार समति गठन गरेका छन् । पार्टी कार्यालय सानेपामा शुक्रबार अपरान्ह बसेको बैठकले उक्त ऐतिहासिंक निर्णय गरेको छ ।

अनलाईन, छापा, बिद्युतीय लगायतमा समेत उपसमिति गठन भएका कारण प्रचारप्रशारमा काँग्रेसको अग्रसरता ब्यापक हुने अनुमान लगाईएको छ । गठीत उपसमितिको संयोजनमा ७५ वटै जिल्ला र ७४४ वटै स्थानीय तहमा समेत नेपाली काँग्रेसले छिट्टै नै प्रचारप्रसार समिति गठन गरि स्थानीय तहमा समेत प्रचार प्रसार शशक्त हुने नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेस लेखकले बताए ।

 १. प्रचार प्रसार समन्वय २५ सदस्यीय  उपसमितिमा को को छन् त ?
क्र.सं. नाम पद
१. श्री रमेश लेखक, केन्द्रीय सदस्य संयोजक
२. श्री गगनकुमार थापा, केन्द्रीय सदस्य सदस्य
३. श्री होमनाथ दाहाल सदस्य
४. श्री पुरुषोत्तम बस्नेत सदस्य
५. श्री शोभाकर पराजुली सदस्य
६. श्री हरिहर विरही सदस्य
७. श्री किशोर नेपाल सदस्य
८. श्री तारानाथ दाहाल सदस्य
९. श्री सुुरेश आचार्य सदस्य
१०. श्री धर्मेन्द्र झा सदस्य
११. डा. तुलसीप्रसाद भट्टराई सदस्य
१२. श्री पुरुषोत्तम दाहाल सदस्य
१३. श्री तेजप्रकाश पण्डित सदस्य
१४. श्री श्रीआचार्य सदस्य
१५. श्री हरिविनोद अधिकारी सदस्य
१६. श्री देवप्रकाश त्रिपाठी सदस्य
१७. श्री कविर राणा सदस्य
१८. श्री तीर्थ थापा सदस्य
१९. श्री श्रवण मुकारुङ सदस्य
२०. श्री हरि अधिकारी सदस्य
२१. श्री रमेश तुफान सदस्य
२२. श्री कुलचन्द्र वाग्ले सदस्य
२३. श्री मुरारीकुमार शर्मा सदस्य
२४. श्री समिरजंग शाह सदस्य
२५. श्री बद्री सिग्देल सदस्य

२ नेपाली कांग्रेसका ७५ वटै जिल्लाहरुमा अविलम्व प्रचार प्रसार समिति गठन गर्न पत्राचार गर्ने ।

३. निम्नानुसार कार्यदल अविलम्व गठन गर्ने
(क) टेलिभिजन समन्वय
(ख) एफएम/रेडियो समन्वय
(ग) प्रिन्ट मिडिया
(घ) अनलाइन मिडिया
(ङ) सोसल मिडिया
(च) सम्पर्क/सूचना
(छ) अनुगमन
(ज) समसामयिक राजनीतिक विषयवस्तु निर्माण
(झ) सृजनशील प्रचार सामाग्री उत्पादन
(ञ) वितरण