राजनीति

रक्सी भट्टीमा आफ्नै पार्टीका साथीहरुको कुरा काट्नेलाई भन्दा जनतासंग पपुलरलाई टिकट दिनुपर्छ– नेता शंकर भण्डारी

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका बन तथा भू.संरक्षण मन्त्री शंकर भण्डारीले ०४६ सालपछि नाम सुनिएको पार्टी नेकपा एमाले बच्चा पार्टी भएकोले उसको कुरा जनताले नपत्याउने दाबी गरेका छन् । कांग्रेस बीपीको पालाको पार्टी भएको स्मरण गर्न जरुरी भएको जनाएका थिए ।

मन्त्री भण्डारीले काठमाण्डौको बुद्धनगरमा सिन्धुली काठमाण्डौ संपर्क समितिद्वारा आयोजीत नयांबर्ष २०७४ सालको शुभकामना तथा क्यालेण्डर बिमोचन कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै  कसैको नजिकको मान्छेलाई भन्दा पनि नेपाल कांग्रेसको स्थानीय तहमा लोकप्रीय मान्छेलाई निर्बाचनमा टिकट दिनुपर्ने बिचार ब्यक्त गरेका छन् ।

नेपाली काँग्रेसमात्र जनताको पार्टी भएको दाबी गर्दै जनताका समग्र समस्या हल गर्न नाती पुष्ताका हामी सबै युवा काँग्रसीहरु निर्बाचनमा पार्टी मुलुकभरिको स्थीति बलियो बनाउन लागी परेको बताएका छन् ।

 कार्यक्रममा उपस्थीति हुनुभएका जनसमुदाहरुको भीड । 

युवा नेता भण्डारीले आफूलाई हाट्ट हुट्ट र अलि अलि गुडा शैलीको भन्ने आरोप कार्यकर्ता र जनताले लगाउने गरेको आफैंले मूल्याँकन गर्दै आफूलाई जसरी दुईपटक सम्म केन्द्रीय सदस्य जिताउन नेपाली काँग्रेसले भूमिका खेल्यो त्यसैगरी कार्यकर्ता र जनताका काम गर्न आफूले भरमजदुर लागीपर्ने खुलस्त गरेका छन् ।

तनहुबाट प्रत्यक्ष निर्बाचित सांसद समेत रहेका मन्त्री भण्डारीले रक्सी भट्टीमा एक काँग्रेसले अर्को काँग्रेसको कुरा काट्ने काँग्रेसी प्रबृति अन्त्य हुनुपर्ने बिचार समेत उक्त कार्यक्रममा राखेका थिए ।

कार्यक्रममा केन्द्रीय सदस्य श्याम घिमिरे, सभासद दीपशिखा शर्मा ढकाल, नेबिसंघकी नेतृ बिजुला बर्मा, सिन्धुली जिल्लाका पार्टी सभापति उज्वल बराल, सिन्धुलीबाट प्रतिनिधित्व गर्ने तरुण दल, नेबिसंघ, महिला संघका नेताहरुसहित ब्यापक कार्यकर्ताहरुको उपस्थिति थियो ।

नेपाली काँग्रेस सिन्धुली–काठमाण्डौ सम्पर्क समितिका नेताहरुले काँग्रेसले आधिकारीक रुपमा टिकट दिएकोमा ब्यक्तीलाई सघाउने र अन्तर्घात भएमा स्थानीय तहको निर्बाचनमा नछाड्ने बताएका थिए ।