राजनीति

आफूलाई आईजीपी नबनाएर अदालतको अबहेलना गरेको ठहर्दै नवराज सिलवाल न्याय माग्न सर्बोच्च अदालतमा

काठमाण्डौ । डीआईजीपी नवराज सिलवालले आफू ज्येष्ठ हुँदाहुँदै कनिष्ठलाई डीआईजीपी प्रकाश अर्याललाई आईजीपी बनाएको असन्तुष्टी पोख्दै सर्बोच्च अदालतमा दुइवटा रीट निबेदन दर्ता गराएका छन् ।

 सोमबार राती प्रकाश अर्याललाई आईजीपीमा सरकारले नियुक्त गरेर राती नै सपथ ख्वाएपछि सरकारसंग थप चिढीएका सिलवाल कानुनबीद सम्भू थापाको सल्लाहामा सर्बोच्च अदालतको ढोका ढक्ढकाउन कानुनी बाटो खोज्दै सर्बोच्च अदालत गएका छन् ।

सिलवालले सर्बोच्च अदालतले बरिष्ठलाई आईजीपी बनाउन दिएको निर्देशन सरकारले पालना नगरेको भन्दै सर्बोच्च अदालतको अवहेलना भएकोमा समेत अर्को रीट दर्ता गर्ने बताईएको छ । डीआईजी सिलवाल आफू आईजीपी बन्न नपाएकोमा रुष्ट भई सर्बोच्चको ढोका ढक्ढक्याउन गएपछि आईजीपी बिबाद केहि समय पुनः लम्बिने सम्भाबना रहेको अनुमान लगाउन सकिन्छ ।

कार्यसम्पादन मूल्याँकनका आधारमा प्रकाश अर्याललाई आईजीपी नियुक्त गरेपनि डीआईजीपी सिलवालले आफू ज्येष्ट भएको आधारमा आईजीपी हुनुपर्ने दाबी गरेका छन् ।

सपथ खान तयारी गर्दागर्दै रोकिएका आईजीपी जयबाहादुर चन्द भने पर्ख र हेरको अवस्थामा केहिहिदिन रहेको स्रोतको दाबी छ । केहिदिनपछि उचित निर्णय गर्ने बताईएको छ, चन्दले नबनियुक्त आईजीपी प्रकाश अर्याललाई बधाई भने दिईसकेका छन् ।