राजनीति

बालकृष्ण ढुंगेललाई पक्राउ गर्न सर्बोच्च अदालतले वारेन्ट दिनु गलत भएको मोहन बैद्यको स्पस्टोक्ती

काठमाण्डौ। सर्बोच्च अदालतले सर्बश्वसहित जन्मकैदको सजाय सुनाईएका बालकृष्ण ढुंगेललाई पुनः ७ दिनभित्र पक्राउ गर्न दिएको निर्देशनप्रति लक्षित गर्दै नेकपा माओबादी क्रान्तिकारीका अध्यक्ष मोहन बैद्यले असन्तुष्टी जनाएका छन् ।  बैद्यले शनिबार एक बिज्ञप्ती जारी गर्दै द्वन्द्वकालीन मुद्धालाई ब्यूत्याउनु गलत भएको बिचार ब्यक्त गरेका छन् ।

‘शान्ति सम्झौताको गंभीर उल्लघन हुँदा पनि राज्य मूकदर्शक रहनु र त्यसवारे कुनै पनि पहल नगरिनु दुःखद विडम्वनाको विषय हो ।’ भन्दै द्वन्द्वकालीन सबै मुद्धाहरु फिर्ता लिईनुपर्नेमा १० बर्षसम्म राज्य मुकदर्शक भएर बस्नु दुर्भाग्यपूर्ण भएको दाबी गरेका छन् । नत्र सत्यनिरुपण तथा मेलमिलाम आयोगबाट समस्याको समाधान गर्नुपर्ने त्यसो पनि हुन नसकेको दाबी बैद्यको छ ।

जनयुद्धको नेतृत्व गरेका पुष्पकमल दाहाल सरकारको नेतृत्व गरेर प्रधानमन्त्री बनिरहदासमेत कार्यकर्ताहरुको दुःखमा मल्हमपट्टी लगाउन नसक्नुमा आफू र आफ्नो पार्टीलाई गम्भिर चिन्ता लागेको बताएका छन् ।