पु.समाचार

काँग्रेस नेता सिटौलाको ब्लड प्रेशर ९०/६० भएका कारण आईसियूमा, मंगलबार सम्ममा ठीक हुने डाक्टरको भनाई

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्ण प्रसाद सिटौटालाई बृतसिटी अस्पतालमा भर्ना गरिएको छ । देशभरी आमसभामा सहभागी भएका कारण ब्लडप्रेशर कम भई सिटौलालाई सोमबार साँझ झापा बिर्तामोडको स्थानीय अस्पतालमा भर्ना गरिएको हो ।

नेता सिटौला बिर्तामोडमा हुने मंगलबारको नेपाली काँग्रेसको प्रदेश नम्मर १ स्तरीय स्थानीय तह निर्बाचन लक्षीत आमसभालाई लक्षीत गरि केहिदिनदेखि ब्यस्त हुंदै आएका छन् । नेता सिटौलालाई शरिरमा पानीको कमी भएका कारण डाईरिया भएका कारण ९० सम्म प्रेशर पुगेको उपचारमा संलग्न डाक्टरलाई उदृत गर्दै काँग्रेस सांसद उषा गुरुगंले सुर्यखबरलाई बताएकी छन् । नेता सिटौलालाई आईसियूमा भने भर्ना नगरिएकोले नआत्तिन मूलूकभरका काँग्रेसबृत तथा शुभचिन्तकहरुलाई नेतृ गुरुगंले आग्रह समेत गरेकी छिन् ।

पूर्ब माहामन्त्री समेत रहेका नेता सिटौलाको अवस्था सामान्य बन्दै गएको उपचारमा सम्लग्न चिकित्शकले बताएका छन् । माओबादी हिंसात्मक द्वन्द्वलाई अहिलेको अवस्थासम्म ल्याउन महत्वपूर्ण भूमिका खेलेका काँग्रेस नेता सिटौला पछिल्लो समयमा नेपालको राजनीतिमा महत्वपूर्ण मानिन थालेका छन् ।

राजावीरेन्द्रको बंशनास भएपछि नेपाली काँग्रेसका शक्तीशाली सभापति स्वर्गीय गिरिजाप्रसाद कोईरालाको छत्रछायाँमा बसी कांग्रेसभित्र आफ्नो अवस्था बलियो बनाउदै लगेका नेता सिटौलाले झण्डै १ बर्ष अगाडी भएको नेपाली काँग्रेसको १३ औं माहाधिभेसनमा सभापतिमा निर्बाचन लडी बलिया  भएका बर्तमान सभापति शेरबाहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलसंग प्रतिस्पर्धा गरेका थिए ।