पु.समाचार

सिभिल मलका समान खरीद गर्दा ‘नो डिस्काउण्ट’

काठमाण्डौ । नयाँवर्ष २०७४ को शुरुवात सँगसँगै सुन्धारास्थितसिभिलमलनिश्चितमूल्यअर्थात ‘फिक्स्ड प्राइस’मलभएको छ । गत७वर्षदेखि मुलुककै ठूलो किनमेल गन्तव्यको रुपमा रहँदै आएको सिभिलमलमा सामानखरिद गर्दा ग्राहकहरुले मोलतोल गर्ने झमेला व्यहोर्नु नपरोस् भन्ने उद्देश्यले यसो गरिएको व्यवस्थापनले जनाएको छ ।
एउटै छानामुनि मनोरञ्जन, खानपान, किनमेल र पार्किङ्गको सुविधाप्राप्तगर्न सकिने उक्तमलमा विश्व-स्तरीय सिनेमाहल, बालबालिकाको लागि नेपालकै सबैभन्दा ठूलो ‘इण्डोर गेम जोन’ र विभिन्न स्वादको परिकार पाईने फूडकोर्ट समेत रहेका छन् ।
किनमेल जगतमा प्रमुख हिस्सा ओगट्दै आएको सिभिलमल ‘फिक्स्ड प्राइस’मल भएपछि ग्राहकवर्गले वस्तु र सेवाको उपभोग अझै सहज रुपमागर्न सक्ने विश्वास व्यवस्थापनले प्रकट गरेको छ ।