राजनीति

मोर्चाका ५ पार्टीको नाममा मधेसी शब्द हटाएर भएको मिलनपछि यसरी हुंदैछ लोकप्रीय

काठमाण्डौ । मधेस केन्द्रीत ५ दलहरुको मिलन अन्तिम चरणमा पुगेको छ । महेन्द्र यादबको तराई मधेस लोकतान्त्रीक, शरदसिंह भण्डारीको राष्ट्रिय मधेस सदभाबना पार्टी, राजकिशोर यादबको फोरम गणतान्त्रीक, अनिल झाको तराई मधेस सद्भाबना पार्टी र सद्भाबना पार्टीबीच एकीकरणको अन्तिम टुंगो लागेको बताईएको छ ।
बिहीबार बस्ने सबै मधेस केन्द्रीत दलहरुका अध्यक्षहरुको सहमतिबाट नयाँ पार्टी बन्ने बताईएको छ । पार्टी एकीकरणपछि मधेस शब्द हटाईने समभबना रहेको तमसपा का नेता केशब झाले बताएका छन् ।

राजेन्द्र महतोको नेपाल सद्भाबना पार्टी र उपेन्द्र यादबको संघीय समाजबादी पार्टी भने उक्त पार्टी एकीकरणमा सहभागी छैनन् । उपेनद्र यादब बाबुराम भट्टराईको नयाँशक्ती पार्टीसंग एकीकरण प्रकृयामा छन् । राजेन्द्र महतो तराई केन्द्रीत नेताहरुलाई दिनदिनै पार्टी प्रबेश गराई हिडिरहेका बेला मधेस केन्द्रीत मोर्चाका साना पार्टीहरुको मेलमिलापले झड्का दिएको छ ।
बिजय  गच्छेदारले भने मधेष केन्द्रीत राजनीति गरिरहेकाले उनको अर्कै राजनीतिक पहिचान छ ।

पार्टीको नाम राष्ट्रिय जनता पार्टी राखिने अन्तिम टुंगो भएको स्रोतको दाबी छ ।

पार्टीको नाममा नै मधेस शब्द हटाईनुले पाँच पार्टी मिलेर बनाईएको नयाँ पार्टी मोर्चाको सबैभन्दा ठूलो पार्टी हुने अनुमान राजनीतिकबृतमा लगाईएको छ ।