राजनीति

अखण्ड नेपाल पार्टीका एक हजार भन्दा बढी नेता/कार्यकर्ता काँग्रेसमा यसरी भए बिलय

काठमाण्डौ । शनिबार अखण्ड नेपाल पार्टीका संयोजक दयाराम पाण्डे, केन्द्रीय कार्यसमिति, ४५ वटा जिल्लाका जिल्ला कार्यसमिति सहित एक हजार भन्दा बढी उक्त पार्टीका नेता कार्यकर्ता नेपाली काँग्रेस प्रबेश गरेका छन् ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा पार्टी प्रबेश कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका सभापति शेरबाहादुर देउवाले बैसाख ३१ गते हुने स्थानीय तहको निर्बाचनमा काँग्रेस एक नम्बरको पार्टी हुनेमा कुनै  शंका नभएको दाबी गरेका छन् । उक्त कार्यक्रममा पुर्ब प्रधानमन्त्री समेत रहेका देउवाले काँग्रेसलाई नेपाली जनताले बिश्वास गरिसकेको पार्टी हुनाले ०७० सालमा हाँशिल गरेको जनताको बिश्वास कायम रहनुमात्र नभएर बृद्धि भएको दाबी गरेका छन् ।

नेपाली काँग्रेसले ०७ सालबाट जनताका अधिकारका लागी संघर्ष गर्दै आएको जानकारी दिदै बिपन्न जनताको आर्थिक र सामाजिक उन्नतीका लागी जे बोल्ने तेही गर्ने बताएका छन् ।

काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले मात्र समृद्धीका लागी बिश्वाशनीय काम गर्ने हुंदा काँग्रेसलाई नै नेपाली जनताले माया गर्ने बताएका थिए । उनले उक्त कार्यक्रममा पुरानो बिचारसहितको प्रजातान्त्रीक पार्टी भनेर काँग्रेस राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा स्थापीत भईसकेको बताएका थिए ।

काँग्रेसका संस्थापक नेता तथा माहामानव वीपी कोईरालाका पुत्र समेत रहेका  नेपाली काँग्रेसका माहामन्त्री डा. शसांक कोईरालाले नेपाली काँग्रेसले जनताको मन जित्ने काम गरेको हुंदा दास्रो संबिधानसभामा कायम रहेको जनबिश्वास कायम रहने आफूलाई बिश्वास लागेको बताएका थिए ।

अखण्ड नेपाल पार्टीको समानान्तर पार्टीका संयोजक दयाराम पाण्डेले काँग्रेसले मात्र मुलुकलाई निकास दिने आफूलाई बिश्वास लागेकोले उक्त पार्टीमा बिना सर्त प्रबेश गरेको बताएका थिए । सभापति देउवा, बरिष्ठ नेता पौडेल तथा माहामन्त्री डा. शशांक कोईरालाले उनीहरुलाई पार्टी प्रबेश गराएका थिए ।

दिनदिनै ७५ वटै जिल्लामा काँग्रेस प्रबेश गर्नेहरुको लहर लागीरहेकोले काँग्रेसमाथीको जनबिश्वास बढिरहेको राजनीतिक बिश्लेशकहरुले बताउने गरेका छन् ।