पु.समाचार

हुनेवाला प्रधानन्यायाधीषको एसएलसी प्रमाणपत्र हरायो

काठमाडौं । २०३१ सालमा नेपाल ल क्याम्पसमा प्रमाणपत्र (आईएल) मा भर्ना भएका सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश गोपाल पराजुलीको कक्षा रोल नम्बर ११८ को ।

विद्यार्थीको नाम, ठेगना, जन्ममिति र पिताको नामलगायत व्यक्तिगत विवरणको अभिलेख हुने रजिस्टरमा उनीसहित अन्य चारजना विद्यार्थीको विवरण छापिएको छ ।

नेपाल ल क्याम्पसमा उनका अन्य कागजात रहे पनि एसएलसी प्रमाणपत्रको अभिलेख नरहेको स्रोतले बतायो । ‘उहाँको अभिलेखबाट एसएलसीको मार्कसिट र क्यारेक्टर सर्टिफिकेट हराएको छ,’ क्याम्पस प्रशासनले भन्यो ।

कान्तिपुरका अनुसार, पराजुलीको एसएलसी प्रमाणपत्रको अभिलेख राज्यका तीनवटै निकायबाट गायव भए पनि कुनैले खोज्ने चासो दिएको छैन ।