पु.समाचार

आगलागीका कारण एकै घरका तीन बालबालीकाको मेत्यु

बांके । गर्मीयामसंगै आगलागीका कारण तीन बालबालीकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरबहादुर थापाले जनाए । उक्त आगलागीमा केहि घर र गोठ समेत जलेर नष्ट भएको बताईएको छ ।

एकै परिवारका रहेका ति बालबालीकाको डुडवा गाउपालिकास्थित कुडवामा आइतबार राति १२ बजे सुरु भएको आगलागीमा मुन्सीराम मुराउका तीन छोराछोरीको मृत्यु भएको हो । उनका १ बर्षे छोरी सोनी, ८ बर्षे राधा र ६ बर्षे पवनको आगलागीका कारण जलेर मृत्यु भएको हो ।