पु.समाचार

ढुंगेललाई प्रधानमन्त्री दाहालको संरक्षण, सात दिन गुज्रिएपनि प्रहरीले प्रकाउ गर्न सकेन

काठमाण्डौ । सर्बोच्च अदालतबाट सर्बश्वसहित आजिबन कारबासको सजाय सुनाईएका माओबादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई पक्रन प्रहरी असफल देखिएको छ , सर्बोच्च अदालतले ७ दिनभित्र पक्राउ गर्न प्रहरी प्रमुख आइजीपीलाई लिखित पत्र पठाएपनि प्रहरीले उनलाई पक्रन सकेको छैन ।

प्रहरीले तुरुन्त नै बालकृष्ण ढुंगेललाई पक्राउ गर्न ७५ वटै जिल्लामा पत्र पठाएपनि ढुंगेल पक्राउ पर्न सकेका छैनन् । प्रहरी प्रवक्ता सबेनद्र खनालले ढुंगेलललाइ हालसम्म नभेटिएको र सर्बोच्च अदालतको आदेश अनुसार उनलाई पक्राउ गर्न प्रहरी प्रयासरत रहेको बताएका छन् । ढुंगेलले रामेछापको पार्टीको एक कार्यक्रममा आफूलाई आदेश दिने न्यायाधीषलाई देखाईदिने बताएको समाचार सन्सनी भएपछि सर्बोचच अदालत उनलाई पक्राउ गर्न तातेको थियो ।

प्रहरीले ढुंगेललाई पक्राउ गर्न ताकेता गरेको देखिएपनि उनी पक्राउ पर्न नसक्नु एमाओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीको संरक्षणमा रहेको अनुमान लगाउन सकिन्छ ।

सर्बोच्च अदालतले दिएको म्याद सकिएपछि पनि उनी पक्राउ नपर्दा कस्तो भूमिका खेल्ने हो, त्यो भने हेर्न बाँकी नै छ ।