पु.समाचार

माहानगरीय प्रहरी रानीपोखरीले ले पैदल यात्रुको सुरक्षाका लागी सकृयता बढायो

काठमाण्डौ । उपत्यकाको बढ्दो सवारीको चाप र सवारी दुर्घटना न्युनिकरण गर्न लागू गरीएको ध्वनि निषेध अभियान र सवारी आवागमन सहज बनाउन जथाभाबी सडक पार गर्ने, सडकमा हिड्ने, फुटपाथ तथा आकाशे पुल प्रयोग नगर्ने पैदल यात्रूलाई कार्वाहीको दायारामा ल्याउने कार्यलाई जनचेतना मुलक कार्यक्रम संञ्चालन गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाको आयोजनामा महानगरीय प्रहरी कार्यालय रानिपोखरीको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा माहानगरीय प्रभाग प्रमुख डीआईजीपी बमबाहादुर भण्डारीले उपत्यकको बढ्दो ध्वनि प्रदुषण, दुर्घटना न्युनिकरणको लागी महानगरीय ट्राफिक महाशाखा र का।म।न।पा।को प्रयासलाई सबैले सहयोग गरे मात्र सफल हुने बताउनु हुदै सडकको नियम पालनाले जिवनलाई सुरक्षित गर्ने मात्र नभई उपत्यकाको सभ्यता र पहिचान पनि झल्काउने कुरा ब्यक्त गर्नुभयो । सड्कको प्राथमिकतालाई चालकले थाहा पाउनु पर्ने, पैदल यात्रीले नियम पालना गर्नुपर्ने बताउदै एकले अर्कोलाई दोष नदिई सबैको सहयोगले मात्र कार्यक्रमलाई सफल बनाउन सकिने बताएका छन् ।

कार्यक्रममा का.मन.पा.का अधिकृत्त ईश्वर राज पौडेलले NO HORN अभियान दक्षिण एसीयामा नै पहिलो पटक लागु भएको हुन सक्ने बताउदै  HORN बन्ध्याकरण गर्न लागीएकोमा सबैको सहयोगको आवश्यकता रहेको बताए ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नुहुदै महानगरीय ट्राफिक महाशाखा प्रमुख प्रहरी नायव महानिरीक्षक मिङमार लामाले दुर्घना भई मृत्यृ हुनेमा ४० प्रतिशत सडक दुर्घनाबाट भएको बताउदै त्यसलाई न्युनिकरण गर्न NO HORN, पैदल यात्रीलाई फुटपाथ बाट हिडाउने, Zebra Crossing वा आकाशे पुलबाट बाटो काट्न लगाउने लगायत सडक नियमको पालना सम्बन्धि जनचेतना मुलक कार्यक्रम संञ्चालन गर्न लागीएको बारे बताउनु हुदै जेष्ठको पहिलो हप्ताबाट जथाभाबी बाटो काटेमा पैदल यात्रीलाई पनि रू २०० जरीवाना गरीने र जरीवाना तिर्न पैसा नभए केही समय प्रहरीको नियन्त्रंणमा राख्ने योजना कार्यान्वयन गर्न लागिएको जानकारी दिएका थिए ।

कार्यक्रममा त्रि(चन्द्र क्याम्पसका प्रमुख, राष्ट्रिय यातायात व्यवसायी संघका अध्यक्ष, उपत्यका सामुदायिक सेवा समन्वय परीषदका अध्यक्ष लगायतका बक्ताहरूले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा बिभिन्न संघ सस्थाका प्रतिनिधिहरू, बिद्यार्थी संगठनका प्रतिनिधिहरू, सामुदायिक सेवा केन्द्रका प्रतिनिधिहरू, उपत्यका स्थित प्रहरी कार्यालयका प्रमुखहरू, सिनियर प्रहरी अधिकृतहरू, बिद्यार्थीहरू, नेपाल स्काउट लगायतको उपस्थित रहेको थियो ।