पु.समाचार

नथुनी सिंह दनुवारको देहान्तमा देउवा दुखी

काठमाण्डौ । नेपाली कांग्रेसका पूर्व सांसद नथुनी सिंह दनुवारको गत वैशाख १० गते भएको निधनप्रति सभापति देउवाले दुंःख ब्यक्त गरेका छन् । सिरहाको पानवारीमा जन्मनु भएका स्वर्गीय दनुवार वि.सं. २०४८ मा नेपाली कांग्रेसको तर्फबाट सिरहा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा विजयी भएका थिए । वि.सं. २००६ सालदेखि नेपाली कांग्रेसमा आवद्ध भई उनले नेपालमा लोकतन्त्र स्थापना र पुनस्थापनामा सक्रिय भूमिका निर्वाह गरेका थिए।

स्व. दनुवारका का आदिवासी दनुवारसँग सम्बन्धित कृतिहरु प्रकाशित छन्। सामाजिक क्षेत्रमा समेत उनको संलग्नता रहेको थियो । स्वर्गीय दनुवारको तीन छोरा र दुई छोरी छन् ।
सभापति देउवाले बिज्ञप्तीमा भनेका छन्— “नेपालमा लोकतन्त्र स्थापना र पुनस्र्थापनमा सक्रिय भूमिका निर्वाह गर्नु भएका प्रतिनिधि सभाका पूर्व सांसद नथुनी सिंह दनुवारको निधनको खबरले मलाई अत्यन्त दुःखीत बनाएको छ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।”