पु.समाचार

सुब्बा साप घण्टाको ३० हजार भ्रष्टाचार गरि करोडौं कुम्ल्याएर  यसरी भए फरार

इटहरी । कोशी अञ्चल यातायात व्यवस्था सवारी कार्यालयको ५७ करोड राजश्व हिनामिना गर्ने मुख्य अभियुक्त लेखापाल सुरेश अधिकारीको चर्चा अहिले चुलिएको छ ।
एउटा सरकारी कार्यालयको लेखापालजस्तो सामान्य पदमा रहेर पनि विलासी जीवनशैली बाँच्ने थोरै भाग्यमानीमा पर्छन् उनी । उनको पदअनुसार सरकारले दिने तलबले उनको त्यो जीवनशैली बाँच्न असम्भव हो । पुख्र्यौली सम्पत्ती’ नखुलेपनि उनको कमाइ नै उनलाई देशको मन्त्रीभन्दा उत्कृष्ठ जीवन बाँच्न पर्याप्त थियो ।
अधिकारीसहितको कर्मचारी समुहले नेता, बैंकलाई प्रभावमा पारेर तीन वर्षमा ४७ करोड रुपैया हिनामिना गर्यो । त्यो भनेको महिनाको एक करोड ३० लाख रुपैया हाराहारी हो । १० जनाले भाग लगाउँदा पनि एक जनाको भागमा १३ लाख रुपैया पथ्र्यो । महिनामा ३० हजार रुपैया तलब नपाउने अधिकारीले महिनाको १३ लाख रुपैया कमाउँथे । त्यो भनेको घण्टाको सात हजार रुपैयाभन्दा बढी थियो ।

इमान्दारीतापूर्वक कमाएर जीवनभर एउटा घर मुस्किलले जोड्न सक्ने हजारौं सरकारी कर्मचारीहरुभन्दा उनी अब्बल निस्के । उनीसँग अरब भन्दा बढिको सम्पती रहेको देखिएको छ ।
उनको इटहरी, काठमाडौ तथा विराटनगरमा घर छ । कति घर छन्, यकिन छैन, तर ती घरहरु उनले अर्कैको नाममा राखेको बताइन्छ ।
उनकी श्रीमती नै तीन वटी छन् । जसमध्ये एक सुजु क्षेत्री हुन् । जो अधिकारीसँगै इटहरीमा बस्छिन् । तीन वटा बिहे गरेपनि उनले विवाह दर्ता भने कसैसँग नगरेको बताइन्छ । तथापी अनुसन्धान गर्न बाँकी छ । ‘पछि छानविन हुँदा श्रीमती र सम्पत्ती खोजबिन हुन्छ भनेर बिहे दर्ता नभएको होला,’ स्रोत बताउँछ । उनी घरको सबै सामान लिएर ६ गते नै काठमाडौ गइसकेको जानकारी प्राप्त भएको छ ।

उनी गाडी मात्र एक करोड माथि पर्ने चढ्दै आएका छन् । टोयटाको फच्र्युनर गाडी चढ्ने गरेका उनको गाडी पनि हेटौंडाका अर्कै व्यापारीको नाममा दर्ता रहेको बताइएकोछ । व्यापारीदेखि उच्च तहका नेतालाई समेत पाल्दै आएका अधिकारीले योजनाबद्ध रुपमा भ्रष्टाचार गरेको देखिएको छ । यहाँसम्म कि महँगो मोबाइल बोक्ने उनको फेसबुक एकाउण्टसमेत छैन ।

इटहरीस्थित यातायात कार्यालयलाई तीन वर्षसम्म लैनो गाई झै दुहेर उठेको राजस्व कुम्ल्याउने उनी अहिले इटहरीबाट फरार छन् । इटहरीस्थित इटहरी आवास क्षेत्रमा सबैभन्दा आकर्षक घरमा बस्ने उनी आजकाल त्यहाँ भेटिँदैनन् । घरभित्रै डान्सबार र डिस्को भएपनि घटना सार्वजनिक भएको दिनदेखि घरमा बत्ति नबलेको छिमेकीहरु बताउँछन् ।

यातायात व्यवस्था कार्यालय ९सवारी० कोशीमा भएको अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ । केही दिनअघि कागजपत्र नियन्त्रणमा लिएको अख्तियारले छानविन थालेको अख्तियारको इटहरी कार्यालयका प्रमुख प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

कर्मचारीहरुको संलग्नतामा तीन वर्षयता ४७ करोड रुपैया राजस्व हिनामिना भएको पाइएपछि तीन वर्षयताका सबै कार्यालय प्रमुख, लेखा अधिकृत, लेखापाल र राजश्वका सुब्बालाई छानविनमा तान्ने तयारी गरिएको छ ।

यातायात व्यवस्था कार्यालय सवारी कोसीमा छ महिना अघि मात्रै कार्यालय प्रमुख भएर आएका नयराज नेपाल, तीन वर्षदेखि कार्यरत् लेखा अधिकृत टिकाराम अधिकारी, अर्का लेखापाल टिका बाँस्तोला र भर्खरै मात्र कार्यालयमा हाजिर भएका रुद्र दहाल भने भर्खरै मात्र कार्यालयमा हाजिर भएका हुन् । ब्लाष्टका अनुसार, यी सबै कर्मचारीमाथि अख्तियारको टंगाल कार्यालयले छानविन अघि बढाइसकेकोछ ।