पु.समाचार

प्रचण्डका दूतलाई किन भेट दिइनन् सुशीला कार्कीले ? यस्तो छ उनको प्रतिक्रिया

काठमाडौं । महाअभियोगका कारण निलम्बित प्रधान्यायाधीश सुशीला कार्कीले आफूविरुद्धको प्रस्तावको दृढतापूर्वक सामना गर्ने बताएकी छन् । महाअभियोग आरोपमा पेश भएका आरोप सामना गर्न आफू तयार रहेको उनले जनाईन् ।

‘उहाँहरु यस्तो कदममा जानुहुन्छ भन्ने मैले पूर्व संकेत पाएकी थिएँ ।’ कार्कीले भनिन् ‘यसबारे संकेत दिन म सँग केही नेताले पटक-पटक भेट्न खोज्नुभएको रहेछ । तर भेट्नु उचित ठानिनँ ।’

मंगबारको कान्तिपुरमा लेखिएको छ, कार्कीले आफूसँग माओवादी केन्द्रका नेता बर्षमान पुनले पटक(पटक भेट्न खोजेको तर आफूले त्यसको औचित्य नदेखेको बताईन् ।