अन्तर्राष्ट्रिय

कोलम्बियामा एक सय पचास यात्रु सवार डुंगा डुब्यो !

एजेन्सी । कोलम्बियाको उत्तर पश्चिम भेगस्थित एक जलाशयमा करिब १५० यात्रु सवार डुंगा डुबेको प्रहरीले बताएको छ। उक्त घटनामा नौ जनाको ज्यान गएको छ भने २८ जना हराइरहेको प्रहरीले जनाएको छ।

उक्त डुंगा पर्यटकीय नगर ग्वाटापे नजिकै रहेको कृत्रिम जलाशयमा डुबेको हो।

सो डुंगामा पानी छिरेपछि छिटोछिटो डुब्न थालेको बताइएको छ। तत्कालै अन्य डुँगाले पीडितहरुको उद्धारको कोशिश गरेका थिए।  स्थितिको जाँचबुझ गर्न हवाइ सेनाको हेलिकप्टर त्यहाँ पठाइएको छ।

घटनास्थल मेडेइन शहरबाट केही पर रहेको छ। स्थानीय सरकारी अधिकारीहरुले स्थिति गम्भीर रहेको एएफपीलाई प्रतिक्रिया दिएका भन्दै बीबीसीले जनाएको छ ।