समाचार

यस्ता छन्, मन्त्रिपरिषद् बैठकका मुख्य चार निर्णय

१९ जेठ, काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका चार प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले निर्णयहरू सार्वजनिक गर्दै विभिन्न प्रशासनिक तथा नीतिगत विषयमा महत्वपूर्ण निर्णय भएको जानकारी दिएका हुन्।

निर्णयअनुसार सशस्त्र प्रहरी बल नेपालमा सशस्त्र प्रहरी नायब निरीक्षक अञ्जनी कुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय गरिएको छ।

त्यस्तै, २०८२ साल भदौ २३ र २४ गते भएको प्रदर्शनसँग सम्बन्धित घटनाको अध्ययन गर्न गठित समितिको कार्यअवधि ४५ दिन थप गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

यसैगरी, युनाइटेड नेसन इन्भाइरमेन्ट प्रोग्राम (UNEP) अन्तर्गत मोन्ट्रियल प्रोटोकल कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय गरिएको छ।

भूमि समस्या समाधान समितिसम्बन्धी नियुक्ति पनि बैठकले गरेको छ। जसअनुसार अध्यक्ष र विभिन्न सदस्यहरू नियुक्त गरिएको सरकारका प्रवक्ताले जानकारी दिएका छन्।

सरकारले सार्वजनिक गरेका यी निर्णयहरूले सुरक्षा, वातावरणीय सहकार्य तथा प्रशासनिक संरचनासम्बन्धी विषय समेटेका छन्।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू–

–युनाइटेड नेसन इन्भाइरमेन्ट प्रोग्राम (यूएनडीपी) बाट वजन तहरूलाई हानी पुर्‍याउने पदार्थको व्यवस्थापन र न्यूनीकरणसम्बन्धी मोन्ट्रियल प्रोटोकलको कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गर्ने ।

–सशस्त्र प्रहरी नायब निरीक्षक श्री अञ्जनी कुमार पोखरेललाई सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने ।

–२०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएको घटनाको जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित अध्ययन समितिको कार्यअवधि ४५ दिन थप गर्ने । 

–भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा बलभद्र बास्कोटा, कास्की तथा सदस्य पदमा अमिर प्रसाद न्यौपाने, काठमाडौं र पद्मनिति सोतिल लमजुङ र डा. रोहना श्रेष्ठ, काठमाडौंलाई नियुक्त गर्ने ।