अन्तर्राष्ट्रिय

ब्रिटेनले ३० वर्षअघि भएको दुर्घटनामा ६ जना विरुद्ध मुद्धा चलाउँदै

एजेन्सी । ब्रिटेनमा तीन दशक अघि भएको हिल्सबरा फुटबल रंगशाला दुर्घटनाका सम्बन्धमा छजना विरुद्ध मुद्दा चलाइने भएको छ। ब्रिटेनको सबैभन्दा नराम्रो खेल दुर्घटना भनिएको उक्त घटनामा भीडले किचिएर लिभरपुल फुटबल क्लबका ९६ जना प्रशंसकको ज्यान गएको थियो।

ती मृतकका परिवारजनले लामो न्यायिक छानबिनपछि सरकारी वकिलहरुले चालेका त्यस्तो कदमको स्वागत गरेका छन्। हिल्सबरा फुटबल दुर्घटनाका सम्बन्धमा मुद्दा चलाउने निर्णय गरिएका छ जना मध्ये चारजना पूर्व प्रहरी अधिकारीहरु छन्। भूतपूर्व चिफ सुपरीन्टेन्डेन्ट डेभिड डकनफिल्डलाई मनसायरहित हत्याको ९५ वटा अभियोग लगाइएको छ।