राजनीति

प्रधानमन्त्रीको गृहजिल्ला पर्शुराम नगरपालिकामा मेयर उपमेयर दुबै काँग्रेस विजयी, एमाले तेस्रो

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको परशुराम नगरपालिकाको मेयर र उपमेयर दुवैमा काँग्रेस विजयी भएको छ । नेपाली काँग्रेसका मेयर उमेर्द्वार भिमबहादुर साउद ४६२९ मतसहित विजयी भएका हुन् । उपमेयरमा विजयी भएकी काँग्रेसकी कलापती बोहोराले ४२१३ मत ल्याईन् ।

उक्त नगरपालिकामा निकटतम् प्रतिद्वन्दीका रुपमा माओबादीका मेयर उमेर्द्वार शेर सिंह मालीले ४१०२ मत ल्याए भने उपमेयरमा पनि माओबादीकै विमला महताले ३६३८ मत ल्याएर परजित भईन् ।
उक्त नगरपालिकामा एमाले तेस्रो भएको छ । डडेलधुराका अधिकाँस तहमा काँग्रेसले सानदारजित हाँशिल गरेको छ ।दोस्रो चरणको निर्बाचनका दिन १४ गते मतदान गर्न प्रधानमन्त्री देउवा पत्नी डा. आरजु राणा देवासंगै गृहनगर डडेलधुरा गएका थिएगएका थिए ।