पु.समाचार

प्रधानमन्त्री देउवालाई कान्तिपुरको साझा सवालमा पुर्याउने को हुन् ? यसरी भएको तयारी !

काठमाण्डौ । केही दिनअघि एउटा टेलिभिजन कार्यक्रममा दिएको प्रस्तुतिका कारण प्रधानमन्त्री शेरबहादुर देउवा आलोचनाका पात्र हुन पुगे । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने साझा सवालमा दिएको सवाल जवाफमा उनको बोल्ने शैलीलाई लिएर निकै आलोचना भएको देखियो । यद्यपि, प्रधानमन्त्री देउवाको आफ्नो बोल्ने शैलीलाई लिएर आलोचना गर्नु व्यर्थ रहेका टिप्पणीहरु पनि भैरहेका छन् ।

मिडियामा त्यति आउन नरुचाउने प्रधानमन्त्री देउवा साझा सवालमा चाहि पुगे कसरी ? यो विषयमा सबैको चासो देखिन्छ । वास्तवमा प्रधानमन्त्री शेरबहादुर देउवालाई साझा सवालसम्म पुर्याउने काम पत्नी आरजु देउवाले गरेको प्रधानमन्त्री कार्यालय निकट श्रोतले जनाएको छ ।

साझा सवालकी प्रस्तोता विद्या चापागाई लगायतको टिमले यो पटकको साझा सवालमा प्रधानमन्त्री देउवालाई निमन्त्रण गर्ने प्रस्ताव राखेलगत्तै आरजु देउवाले प्रधानमन्त्री त्यति धेरै मिडियामा आउने चाहानुहुन्न भन्ने कुरा गरेर टार्न खोजेकी थिइन् । तर साझा सवालको टिमले प्रधानमन्त्रीले समय दिए राम्रो हुने थियो भन्दै अलि बढी ढिपी गरेपछि आरजुले प्रधानमन्त्री देउवालाई कन्भिन्स गरेकी थिइन् ।

त्यसपछि मात्र प्रधानमन्त्री देउवा साझा सवाल कार्यक्रममा सहभागी हुने निधोमा पुगेको श्रोतले बताएको छ । गत आइतबार प्रसारित बीबीसीको सो साझा सवाल कार्यक्रममा सहभागी दर्शक र प्रधानमन्त्री देउवाबीच केही चर्काचर्की परेपछि उक्त भिडियो भाइरल भएको थियो ।