समाचार

एसइईको नतिजा आज साँझ ६ बजे प्रकाशन गर्ने तयारी (यसरी हेर्नुहोस् नतिजा)

१३ असार, काठमाडौँ।  राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज  साँझ ६ बजे प्रकाशन भएको छ। आज केही बेरअघि सम्पन्न बोर्ड बैठकले आजै साँझ ६ बजे नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो। 

गत वर्षको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।

यस वर्ष असार ६ गतेभित्रमा एसइईको नतिजा सार्वजनिक गर्ने गरी बोर्डले कार्य तालिका बनाएको शिक्षकहरूले काठमाडौँमा गरेको सडक आन्दोलनका कारण नतिजा प्रकाशनमा ढिलाइ भएको हो।